
मंजित कुमार राम,महाेत्तरी- महाेत्तरी जिल्लाकाे साेनमा गाउँपालिकाले जेष्ठ नागरिक तथा एकल महिलाहरुलाई सम्मान गरेको छ।

गाउँपालिका गापा अध्यक्ष विशेषश्वर प्रसाद यादवले बुधबार गाउँपालिका भित्र रहेको जेष्ठ नागरिक पुरुषकाहरुकोलागि धाेती,कुर्ता,गमछा,झुल,र महिलाहरुको लागि सारी ,सायाँ बेलाउज झुल वितरण गरेर सम्मान गर्नुभएका छन् ।

गाउँपालिका भित्र ८ वटा वडा रहेकोमा आज वडा नम्बर ३,४,५,६ मा वितरण गरिएको छ। त्यसतै बाँकी वडा १,२,७,८ मा भोलि बाट जेष्ठ नागरिक, एकल महिलाहरुलाई सम्मान गरिने गापा प्रमुख प्रशासकीय अधिकृत राम एकवाल साहले बताउनु भएको छ । उक्त कार्यक्रममा वडा अध्यक्षहरु,विभिन्न पार्टीका प्रतिनिधिहरु लगाईत सर्वसाधारणहरु उपस्थित रहनुभएका थिए।