
धनुषा - एकीकृत अखिल नेपाल शिक्षक संगठनको आयोजनामा पाँचौं जिल्ला परिषद् कार्यक्रम सरस्वती मावि ठिल्लामा सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता जिल्ला अध्यक्ष धर्मेन्द्र यादवले गरेका थिए, जसमा प्रमुख अतिथिको रूपमा नेकपा माओवादी केन्द्र धनुषा जिल्ला इन्चार्ज श्रवण बरबरियाले उपस्थिति जनाएका थिए।
उक्त कार्यक्रममा विशेष अतिथिका रूपमा पूर्व शिक्षा, विज्ञान तथा प्रविधि राज्य मन्त्री बोध माया यादव र सबैला नगरपालिकाका नगर प्रमुख कारी राम यादव अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय उपमहासचिव दिनेश कुमार राय, मधेश प्रदेश अध्यक्ष भूप नारायण अधिकारी पनि सहभागी भएका थिए। कार्यक्रममा प्रमुख अतिथि वरबरियाले शिक्षाको क्षेत्रमा शिक्षकहरूको भूमिकाको महत्त्वबारे विशेष सम्बोधन गरे। कार्यक्रम सञ्चालन एकीकृत अखिल नेपाल शिक्षक संगठनकाे जिल्ला सचिव मनोज यादवले गरेका थिए।

यस अवसरमा जिल्ला भित्रका विभिन्न विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो, जसमा एकीकृत अखिल नेपाल शिक्षक संगठन धनुषाको पूर्व अध्यक्ष जुगेश्वर यादव लगातका शिक्षक नेताहरु गुलाब यादव, अनिता यादव, देव नन्दन ठाकुर सहितको शिक्षकहरूका समेत उपस्थिति रहेको थियो। परिषद्मा शिक्षकहरूको हक अधिकार, शिक्षा प्रणालीमा सुधार, र समावेशी शिक्षाका विषयमा गहन छलफल भएको थियो। कार्यक्रमले शिक्षा क्षेत्रमा सुधार र शिक्षकहरूको योगदानको महत्त्वलाई थप उजागर गरेको छ।
