
महोत्तरी- राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै उनको विरोधमा महोत्तरीको गौशला प्रदर्शन गरिएको छ ।
बिहिवारका दिउसो १ बजे गौशाला नगरपालिका ५ जिरो माईल चौकमा जनमत पार्टीका नगर संयोजक जोगिन्द्र साहको नेतृत्वमा राष्ट्रपतिले गैर संवैधानिक कदम ,नागरिकता विधेयक रोकेको भन्दै १ घण्टा टायर बालेर बाटो अवरुद्ध गर्दै चक्का जाम गरेका थिए ।

नागरिकता विधेयक राष्ट्रिय सभा र प्रतिनिधि सभाबाट दुई दुई पटक पास भएपनि राष्ट्रपति भण्डारीले प्रमाणिकरण नगरेपछि देशभरी विरोध भएको छ ।
पार्टीको कार्यकर्ताहरुले नगरिकता प्रामाणिकरण नगर्ने कदम असंवैधानिक कदम भन्दै ‘राष्ट्रपतिको विरोध चर्का नाराबाजी समेत गरेका हुन् ।