
महोत्तरी- ओैरही नगरपालिका वडा नम्बर २ स्थित रहेको श्री प्रसाद सिंह माबि बिधालयको सामाजिक प्रतिबेदन सार्वजनिक छ ।
औरही नगरपालिका वडा नम्बर २ मा रहेको श्री प्रसाद सिंह माबि बिधालयको सभा हलमा विद्यालय व्यबस्थापन समितिको अध्यक्ष भरत यादवको अध्यक्षतामा बसेको बैठकबाट प्रतिवेदन सार्वजनिक गरिएको हो ।आ.ब २०८०- ८१ तथा शैक्षिक वर्ष २०८१ को समाजिक परिक्षण प्रतिबेदन सार्वजनिक भएको छ ।
औरही नगरपालिका वडा नम्बर २ का अध्यक्ष,विभिन्न पार्टी प्रतिनिधि,शिक्षाप्रेमी,अबिभावकहरु र श्री प्रसाद सिंह माबि बिधालयका शिक्षकहरुको उपस्थितमा २०८० -८१ को तथा शैक्षिक वर्ष २०८१ को समाजिक प्ररिक्षण प्रतिबेदन प्रस्तुत गरिएको विद्यालयका प्राध्यापक शिवशरण यादवले बताए ।
शिक्षक कर्मचारीको तलबमा १ करोड ४१ लाख १३ हजार ६ सय ३१ रुपैया,बिद्यालयको भवन,ग्रिल,पर्खाल प्रयोगशाला र पुस्तकालय र भवन निर्माणमा २ करोड ६३ लाख ४७ हजार ६ सय २ रुपैया खर्च भएको प्रतिवेदन प्राध्यापक यादवले प्रस्तुत गरे ।
त्यसैगरी अन्य शिर्षकहरुमा मिलाएर जम्मा १६ हजार २ सय ११ रुपैया खर्च भएको विद्यालय व्यबस्थापन समितिका अध्यक्ष भारत यादवले जानकारी दिए ।