
बङ्गलादेश बाट जन-निर्वाचित प्रधानमन्त्री शेख हसीना पलायन हुनु परेको घटना पीडादायी त छदैछ,डर लाग्दो पनि हो।
खास गरेर विश्वका यस्ता अविकसित र कम विकसित राष्ट्रहरुको लागि जहॉ मुख्य रुपमा तानाशाहहरूले गर्दा प्रजातन्त्र स्थिर हुन सकेन् ।
दक्षिण एसिया यसको ज्वलन्त उदाहरण हो,यो तानाशाही विभिन्न रुप धारण गरेर आउँछ पुर्व सांसद एवम् नेपाली काङ्ग्रेसका पुर्व केन्द्रिय सदस्य रामचन्द्र तिवारी सामाजिक सञ्जाल फेसबूकमा लेखेका छन्।

उनले वंगलादेश मा अहिले भयेकै त्यही हो लेख्दै त्यहाँको आन्दोलन कट्टर धार्मिक र साम्प्रदायिक रहेको बताएका छन। मुख्यतःयो प्रतिशोधात्मक आन्दोलन हो। बङ्गलादेश स्थापनाको घाउ त्यहाँका कट्टरपंथीहरुमा (जसको जमात ठूलो छ)अझै ताजा नै रहेको उल्लेख गरेका हुन्। यदि त्यस्तो न भएको भए बङ्गलादेशका संस्थापक राष्ट्रपिता वंगवंधु शेख मुजिवुर्र रहमानको भेटेजत्ती सबै शालिकलाई जुन असम्मानित र घृणित ढंगले तोडफोड गरिएको छ,त्यो किमार्थ जनआन्दोलन हुनै सक्दैन नेता तिवारीले लेखेका छन्।
नेता तिवारीले आफ्नो फेसबूक वालमा वंगलादेश स्थापनाको ठीक ५ वर्ष पछिनै १९७५ मा राष्ट्रपिता वंगवंधु शेख मुजीव प्रधानमन्त्री हुँदा सम्पूर्ण परिवार सहित वहॉंको हत्या गरिएको उल्लेख गरेका छन ।शेष हसीना बाहिर देश बाहिर गएकाले उनी बाच्न सफल भएकी हुन, हुनत:यसपालिको खेल पनि हसीनाको सपरिवार हत्याकै थियो तर तिनी पुनः वाचिन नेता तिवारीले लेख्नु भएको छ। के अझै यो भनिरहनुपर्ला कि कट्टरपंथीहरुको के उद्देश्य छ?बदला मात्र उद्देश्य रहेको लेख्दै नेता तिवारीले वंगलादेशका संस्थापक वंगवंधुका परिवार सहित वंगलादेशको स्थपनामा साथदिने आवामीलीगका नेताहरु सबैको निर्मूलीकरण.यहॉंसम्म कि वंगलादेश स्वतन्त्रता आन्दोलनका नायक वंगवंधुको किरदार निर्वाह गरेका कलाकारलाई मरणासन्न हुनेगरि कुटपिटगरि उनको घरसमेत जलाइयो र फिल्मको निर्देशकलाई जिंउदो जलाइयो-के यसले आन्दोलनको चरित्रलाई प्रष्टाउंदैन र ? भन्दै प्रश्न गरेका हुन्।
अन्तरिम सरकार गठन भई सक्दापनि त्यहाँको अवस्थामा सुधार आउन सकेन. हिन्दुहरुको नरसंहार जारीनै छ। हिन्दु चेलीबेटीहरुको बलात्कारका साथै बेईज्जती,कुटपिट भै रहेको विभिन्न भिडियोहरु सामाजिक सञ्जालमा दिनहुुँ आइरहेको लेख्दै नेता तिवारीले हिन्दूहरको जबरजस्ति धर्म परिवर्तनका साथै हिन्दू वस्तीहरूमा आगो लगाइनु गलत प्रवृति रहेको बताउनुभएको छ। सानाठुला सबै मठमन्दिरको विध्वंस हुँदै छतसर्थ वंगलादेशले दियेको म्यासेज प्रजातन्त्र प्रेमिहरुकोलागि खतरनाक हो।यो नागरिक अधिकार विरुद्धको सन्देश पनि हो।
साम्प्रदायिक सदभावलाई विथोलेर यो भु -भागमा अस्थिरता मच्चाउने खाले सन्देश हो।त्यसकारण विश्व समुदायले यसको ठोस परिणाममुलक पहल गर्नुपर्छ ।
नेपाल सरकारले वंगलादेशमा हिन्दुहरुमाथि भइरहेको यस्तो जघन्य अपराधको विरोध जनाउनु पर्दछ सामाजिक सञ्जालमा नेता तिवारीले लेखेका हुन्।