
नेपाल इन्जिनियर्स एसोसिएसन (एनइए) मधेश प्रदेश तेस्रो कार्यकारिणी समितिको सभापति पदमा गौरी पण्डित लगायतको प्यानललाई निर्वाचित भएको घोषणा गरिए पनि निर्वाचित भएको पदाधिकारीहरूलाई प्रमाणपत्र नदिँदा विवाद सृजना भएकाे छ ।
सभापति पदको गणनामाथि नै उजुरी परेपछि निर्वाचन समितिले परिणाम सार्वजनिक गर्न अनिच्छुक रहे पनि दबाबमा आएर निर्वाचनको मतपरिणाम सार्वजनिक गरिए पनि प्रमाण नदिँदा शंका उत्पन्न भएको नवनिर्वाचित सभापति इन्जिनियर गौरी पण्डितले दुखेसाे ब्यक्त गरे ।
नेपाल इन्जिनियरिङ एसोसिएसन (एनइए) मधेश प्रदेशको निर्वाचन समितिका प्रमुख ई.डा. कृष्णचन्द्र साहले वीरगञ्ज र जनकपुरधाममा भएको निर्वाचन मतगणना परिणाम सार्वजनिक गरे पनि निर्वाचित सभापतिसहितका पदाधिकारीलाई प्रमाणपत्र नदिँदा नवनिर्वाचित पदाधिकारीहरुले निर्वाचन समितिमाथि नै प्रश्न चिन्ह खडा गरेका छन् ।
निर्वाचित भएको दुई दिन वितिसक्दा पनि नेपाल इन्जिनियरिङ एसोसिएसन (एनइए) मधेश प्रदेशका अध्यक्ष गौरी पण्डितले प्रमाणपत्र नपाए पछि निर्वाचन समितिको विरुद्धमा कडा आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।
उनले जनकपुरधाम च्याप्टरबाट आफूलाई १३ मत कम आए पनि वीरगञ्ज च्याप्टरबाट आफूलाई १६ मत बढी प्राप्त भएको र दुवैतर्फको मतपरिणामलाई जोडेर आफू निर्वाचित भएको प्रमाण देखाउँदै उनले निर्वाचन समितिले प्रमाणपत्र नदिएमा कडा आन्दोलन गर्ने समेत जनाए ।
सचिव पदका उम्मेदवार अजिकुमार मण्डलले पनि आफूहरु निर्वाचित भइसके पनि निर्वाचित भएको प्रमाणपत्र नदिनुले निर्वाचन समितिको गलत नियत देखिएको आरोप लगाए ।
सभापतिको परिणाममा पण्डितका प्रटिद्वन्दीले निर्वाचन समितिमा उजुरी दिए पछि निर्वाचित भएकालाई प्रमाणपत्र दिनमा आनाकानी गरिरहेको छ ।
तर निर्वाचित सभापति पण्डितले निर्वाचन समितिले आफ्नो काम इमान्दारीपुर्वक गर्नुको साटो निरिहता देखाउनु नियतमा खोट रहेको जाेड दिए ।