भैरहवा-रुपन्देही प्रहरी ले सिद्धार्थनगर नगरपालिका वडा नं. ०८ मा रहेको शिवमन्दिर क्षेत्र वाट भारत वाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरेको अवस्थामा कपडा, तस्करी मा प्रयोग गरिएको गाडी र एक जना लाई नियन्त्रण मा लिएको छ।
बरामद गरिएको कपडा र गाडी सहित को अनुमानित मुल्य १४ लाख ३२ हजार ८ सय रहेको र रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका वडा नं ६ कुञ्जलापुर का ३२ वर्षिय साजन बि क लाई नियन्त्रण मा लिईएको रुपन्देही प्रहरी ले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देही मातहत वडा प्रहरी कार्यालय भैरहवा रुपन्देहीबाट खटिएको प्रहरी टोलीले वुधवार सिद्धार्थनगर नगरपालिका वडा नं. ०८ शिवमन्दिर स्थितमा लु. ३. च ६५१९ नं छोटा हात्ती गाडीलाई चेकजाच गर्ने क्रममा भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी निकासी गरेको अवस्थामा कपडा सहित नियन्त्रण मा लिएको हो।
नियन्त्रण मा लिईएको कपडा हरु मा कुर्था सुरवाल ३६४ पिस, टप्स ७९२ पिस ,कडाई कुर्ता सुरवाल १४८ पिस रहेको र सम्पुर्ण सामान हरु को अनुमानित मुल्य ७ लाख ३२ हजार ८ सय रहेको प्रहरी ले जनाएको छ। साथै नियन्त्रण मा लिईएको गाडी को अनुमानित मुल्य ७ लाख रहेको गरि कुल १४ लाख ३२ हजार ८०० को अवैध सामान बरामद गरेको रुपन्देही प्रहरी ले जनाएको छ।
बरामद गरिएको सम्पुर्ण सामान हरु, गाडी र नियन्त्रण मा लिईएको मानिस समेत सबै लाई थप आवश्यक कारवाहीको लागी भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देही का प्रहरी नायव उपरीक्षक मनोहर प्रसाद भट्ट ले जानकारी गराएका छन्।




