महोत्तरी- ४५ औ“ विश्व पर्यटन दिवसका अवसरमा बर्दिवासलाई पर्यटकिय हब बनाउन सम्भावना र चुनौतीमाथी छलफल भएको छ । बर्दिवास नगरपालिकाको संस्कृति तथा पर्यटन प्रवद्र्धन समिति र होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीले आयोजना गरेको विचार गोष्टिमा बर्दिवासलाई पर्यटकिय हब बनाउन सक्ने प्रसस्त आधारहरुलाई बिकास गर्नुपर्ने वक्ताहरुले बताएका छन् ।
बर्दिवास नगरपालिका भित्र मधेसकै अग्ला पडाह,धार्मिक र पुरातात्वृक स्थल, लोपउन्मुख पंक्षि गिद्धको बसोबासस्थल र जडिबुटि क्षेत्र रहेको बताउ“दै कृषि पर्यटनलाई पनि संगै विकास गर्न सकिनेमा वक्ताहरुको जोड थियो । बर्दिवासको सम्पुणर् भु-भाग सम्भावना बोकेका क्षेत्र भएपनि तत्काल वडा नं ३ को रातु राईमण्ड क्षेत्रमा काम अघि बढाउन सके पर्यटन तान्ने आधार खडाहुन सक्ने बर्दिवास उद्योग वाणिज्य संघका अध्यक्ष विष्णु खड्काले बताए । ‘बर्दिवासलाई पर्यटकिय क्षेत्र बनाउ“न सकिने प्रसस्त सम्भावना छन’ खड्काले भने, ‘पर्यटन विकासमा काम गर्न चाहने निजी क्षेत्रलाई पनि सरकारले प्रोत्साहन गर्दै अगाडि लानु पर्दछ’ । स्थानिय सरकारले दिगो निती तथा कार्यक्रम बनाएर सबै पक्षलाई समेट्दै पर्यटन विकासमा काम गर्न सके मधेसकै उकृष्ट पर्यटकिय क्षेत्र बर्दिवास बन्न सक्ने खड्काले बताए ।
प्रकृतिलेनै सुन्दर बनाएको देश नेपालमा पर्यटक तान्न थोरै मात्रै राम्रा प्रयत्न गर्न सके समग्र मधेस संगै बर्र्दिवासमा पर्यटन भिœयाउन सकिने स्थानिय शंकर फ्यालले बताए । मरुभुमी मात्रै भएका देशले पर्यटक खचाखच तानिरहेका बेला मधेसले पनि राम्रा अभ्यासको सिको गर्न जरुरी भएको फु्यालले बताए ।
समुन्द्र सतहबाट ५ सय बढी मिटर उचाईमा रहको राईमण्डल मधेसकै सबैभन्दा अग्लो पहाड भएको पर्यटन व्यवसायीको दावी छ । प्राचिन कालमा राई जातिका राजाको बसोवास रहेकाले उक्त ठाउ“को नाम राईमण्डलडा“डा रहेको किम्बदन्ति स्थानिय संग छ । बर्दिवास ३ पाटुका ६५ वर्षका मेघनाथ काफ्लेका अनुसार २०३६ सालसम्म फाट्टफुट्ट मानवहरु बसोवास गर्ने राईमण्डल डा“डा अहिले गिद्धको बसोबास बनेको छ । अहिले उक्त क्षेत्रमा विश्वमै लोपउन्मुख पक्षि गिद्धको बसोबास भेटिएकाले गिद्धको संरक्षणमा उक्त क्षेत्रमा जटायु रेस्टुरेन्ट बनाउन सकिने पर्यटन व्यवसायी बताउ“छन् ।
पर्यटकिय क्षेत्रको विकासले आर्थिक समृद्धि ल्याउने शुनिस्चिता हुनुपर्ने नाटा मधेस प्रदेशका महासचिव सुदर्शन काफ्लले बताए । महोत्तरीका जलेश्वरनाथ,टुटेश्वरधाम,पञ्चधुरामाई मन्दिर,रौजा मजार जस्ता क्षेत्रको विकास संगै सांस्कृतिक क्षेत्रलाई पनि विकास र संरक्षण गर्दै लानुपर्ने काफ्लेले बताए ।
जिल्ला र प्रदेश मात्रै नभएर छिमेकी राष्ट्र भारतसमेत निहाल्न सकिने चुचुरो डाडा“लाई विशष योजना ल्याएर प्रदेश सरकारलेनै पर्यटकिय गन्तव्य बनाउनुपर्ने पर्यटन प्रवद्र्धन संस्था नाटाका मधेस प्रदेशका महासचिव सुदर्शन काफ्लेले बताए । मधेसमै अन्त नभएको सम्भावनालाई प्रचार प्रसार र संरक्षणको अभाव रहेको उनले बताए । बर्दिवास नगरपालिका र प्रदेशले राईमण्डलको सम्भावनाको पहिचान गरि पर्यटन प्रवद्र्धनमा लाग्नुपर्ने काफ्लेले बताए ।
बर्दिवासकै सोलिघोप्टे,चनौटे जस्ता डा“डामा जिपलाईन,साईकल ट्रयाक बनाउन सकिने, पैदलमार्ग बनाउन सकिने सम्भावन रहेका वक्ताहरुले बताएका छन् । मध्यपाषण युगको हतियार कारखाना बर्दिवासमै रहेको तथ्य समेत अहिले विशेष चर्चामा रहेकाले यसको समेत खोज अनुसन्धान र प्रवद्र्धन गर्दै पर्यटका ल्याउन सकिने वक्ताहरुले बताएका छन् । बसै पक्षको सल्लाह सुझाव दिदै अघि बढ्न आफु“हरु तयार रहेको होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीका अध्यक्ष गुञ्ज बहादुर कार्किले बताएका छन् । मधेसमै पर्यटक कसरी ल्याउन सकिन्छ भन्ने विषयमा अहिले आफु“हरुले चिन्ता र चिन्तन गरि काम अघि बढाईरहेको होटल तथा पर्यटन व्यवसायी संघ मधेस प्रदेशका अध्यक्ष तथा बर्दिवास संस्कृती तथा पर्यटन पर्वद्धन समितिका अध्यक्ष हिरा गौतमले बताए ।
बर्दिवास नगरपालिकाका प्रमुख मेयर प्रल्हाद कुमार क्षेत्रीले बर्दिवासको विकासको आधारनै पर्यटन भएको निष्र्कष निकालेर संस्कृती तथा पर्यटन प्रवद्र्धन समिति गठन गरि काम अघि बढाएको जानकारी दिए । बर्दिवासमा पर्यटन क्षेत्रकोे विकासका निमित्त नगरका तर्फबाट हुनसक्ने सबै पहल र प्रयत्न गरिने मेयर क्षेत्रीले बताए । महोत्तरी होटल तथा पर्यटन व्यवसायी संघका सचिव नारायण घिमिरेले सहजिकरण गरेको विचार गोष्टिमा एक दर्जन बढि वक्ताहरुले बर्दिवासलाई पर्यटकिय हब बनाउन विशेष योजना बनाएर काम गर्न स्थानिय सरकारलाई आग्रह गरेका छन् ।