काठमाडौं । सरकारले अविरल वर्षाका कारण प्राकृतिक प्रकोपमा परेको नागरिकको उद्दार र राहतमा कुनै कमी हुन नदिने निर्णय गरेको छ ।
कार्यवहाक प्रधानमन्त्री प्रकाशमान सिंहको आह्वानमा शनिबार सिंहदरबारमा बसेको आपतकालीन समन्वयात्मक बैठकले प्राकृतिक प्रकोपका घटनाप्रति दुख व्यक्त गर्दै नागरिकको उद्दार र राहतमा कुनै कमी हुन नदिने निर्णय गरेको हो ।
बैठकले प्राकृतिक प्रकोपमाबाट प्रभावितलाई आवश्यक राहत क्षतिपूर्ति दिने र घाइते भएकाहरुको निशुल्क उपचार गर्ने निर्णय भएको सरकारका प्रवक्ता पृथ्वी सुव्वा गुरुङले जानकारी दिए ।
बर्षाका कारण परिक्षाहरु हाललाई स्थगीत गर्ने , तत्काल अवरुद्ध भएका सडकहरु सञ्चालन ल्याउन पहल थाल्ने निर्णय समेत बैठकले गरेको उनले बताए ।
बैठकले अवरुद्ध भएका विद्युत्, खानेपानी टेलिफोनको सूचारुका लागि पहल गर्न पनि निर्देशन दिएको जानकारी दिए ।




