
भैरहवा- रुपन्देही प्रहरी ले लागु औषध खैरो हिरोइन १७४ ग्राम सहित एक भारतिय नागरिक लाई सिद्धार्थनगर नगरपालिका वडा नं. १ बेलहिया वाट पक्राउ गरेको छ । पक्राउ पर्ने मा भारत को गोरखपुर जिल्ला बस्ने २४ वर्षिय शिव गुप्ता रहेको प्रहरी ले जनाएको छ।
प्रहरी लाई मंगलवार सिद्धार्थनगर नगरपालिका वडा नं- १ बेलहिया मा अबैध लागु औषधको कारोवार भइरहेको छ भन्ने प्राप्त गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देही र लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवा वाट खटिएको संयुक्त प्रहरी टोलीले यु. पि.५६ ई पि २७३३ नम्वर को गाडीलाई रोकी चेकजाँच गर्ने क्रममा निज ब्यक्तिको साथबाट १७४ ग्राम लागु औषध सहित खैरो हिरोइन बरामद गरि गाडी सहित नियन्त्रम मा लिईएको जनाईएको छ।
निज गुप्ता लाई जिल्ला प्रहरी कार्यालयमा रुपन्देहीमा लगि सो सम्बन्धमा थप अनुसन्धान कार्यको लागि रुपन्देही जिल्ला अदालतमा पेश भएकोमा अदालतबाट ९ दिन म्याद थप भई आवश्यक अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देही का सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक लक्ष्मी खनाल ले वुधवार जानकारी गराएका छन् ।