
दशैँ संस्तो बजार सकिएसँगै बर्दिवासमा तिहार केन्द्रित बजारको आयोजना गरिएको छ ।
मुख्य सडकहरुमा ट्राफिक जाम हुनेगरी राखिने ठेलागाडा पशलहरुलाई व्यवस्थापन गर्ने उदेश्यले बर्दिवास सोसाईटीले आयोजना गरेको तिहार बजार ८ गतेदेखी १८ गतेसम्म बिशेष बजारमा राखिने आयोजक पक्षले जनाएको छ ।
बर्दिवास सोसाईटीका अध्यक्ष बिनय अधिकारीले बर्दिवास बजारभित्रको अस्तव्यस्ततालाई नियन्त्रण गर्न नगरको नै संयोजनमा तिहार बजार आयोजना गरिएको वताए ।
यो बजार तिहार र छटसम्मलाई केन्द्रित गरिएको वताउदै अध्यक्ष अधिकारीले उपभोक्ताहरु अत्यावश्यक सामानको लागि अन्यन्त्र भौतारिनु नपर्ने र सम्पूर्ण सामान एकै ठाँउमा पाईने व्यवस्था मिलाईने जिकिर गरेका छन् ।
बर्दिवास-जलेश्वर सडक खण्ड अन्तर्गत औरही रोडमा रहेको बिशेष बजारमा लाग्ने यो मेलामा तिहार –छठ सामानहरु वेच्न चाहने व्यापारीहरुलाई स्टल राख्न आयोजक पक्षले आवहान गरेको छ ।
८ गतेदेखी १९ गतेसम्मको उक्त अवधीमा एउटा स्टलको ४ हजार भाडा निर्धारण गरिएको छ ।