युवराज श्रेष्ठ स्मृति कपको शुक्रबार देखि औपचारिकरुपमा पारम्भ भएको छ ।
एनप्यावसन बर्दिवासद्वारा आयोजित तेस्रो युवराज श्रेष्ठ स्मृति कप नगर क्षेत्रका १२ वटा विद्यालयहरुको सहभागीतामा सुरु भएको हो ।
१२ कात्तिकसम्म जारी रहने उक्त कपमा एथलेटिक्स र फुटवल खेलहरुको प्रतियोगिता रहेको एनप्यावसन बर्दिवासका अध्यक्ष नोगेन्द्र क्यापछाकीले जानकारी दिए ।
सुक्रवार भएको उदघाटनसत्रमा एनप्यावसन महोत्तरीका अध्यक्ष रामवावु सिंहले संस्थागत विद्यालयहरुले अतिरिक्त क्रियाकलापमा ध्यान दिइरहेको वताउदै एनप्यावसन अन्तर्गतका विद्यालयहरुले जिल्लामा नै मिसनकोरुपमा काम गरिरहेको प्रतिक्रिया दिए ।
सर्पको टोकाईवाट अकालमा नै ज्यान गुमाएका माईस्थान पब्लिक एकेडेमीका संस्थापक प्रधानध्यापक युवराज श्रेष्ठको सम्झनामा हरेक वर्ष आयोजना हुँदै आएको यो प्रतियोगितामा नगर क्षेत्रका विद्यालयहरु मात्र समावेश गरिएको छ ।
खेल संयोजक समीर भट्टराईका अनुसार छात्र-छात्राहरुलाई समेत विभाजन गरेर खेल प्रतियोगिता गरिएकाले ५ दिनसम्मको निर्धारण गरिएको हो ।
कार्यक्रममा उदघाटनसत्रको संचालन सन्तोष वानिया र सुभकामना समिर भट्टराईले गरेका थिए ।