
जनकपुरधाम- धनुषामा फलाम रड प्रहार गरी काकाले आफ्नो ४ वर्षीय नाबालक भतिजोको हत्या गरेको छ।
धनुषाका प्रहरी प्रवक्ता डिएसपी प्रदीपबहादुर क्षेत्रीले क्षीरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर कुचाई टोल बस्ने किशन पासमानको छोरा बर्ष ४ को अनुस पासवानलाई उनका काका २८ वर्षीय रबि पासमानले हत्या गरेको जानकारी दिए ।
रबिले नाबालक अनुसलाई आज साँझ फलामे रड प्रहार गरि हत्या गरेको प्रहरीले जनाएको छ।
धनुषाका प्रहरी प्रवक्ता डिएसपी क्षेत्रीको अनुसार बुधबार दिउँसो ३ बजेको समयमा आफ्नै काका २८ वर्षीय रवि पासवानले रडले प्रहार गरेपछि बालकको मृत्युु भएको हो ।
रडले प्रहार गरेपछि बालक गम्भीर घाइते भएका थिए । स्थानीय स्तर मै उपचारको क्रममा आधा घण्टा भित्रै बालकको मृत्यु भएको डिएसपी क्षेत्रीले बताए ।
घटना लगत्तै काका रविलाई प्रहरीले पक्राउ गरेको छ । रबिलाई इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका हिरासतमा राखेर घटना विषयमा थप अनुसन्धान भइरहेको डिएसपी क्षेत्रीले बताए ।
हत्याको कारण खुल्न सकेको छैन । पारिवारिक विवादमा भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
बालकको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।









