
महोत्तरी - गंगाराम फाउण्डेशन जनकपुर द्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ । मानवताको सेवामा समर्पित हुँदै हाल महोत्तरी धनुषा जिल्लामा रक्त अभावको समस्या समाधानका लागि सहयोग पुर्याउन फाउण्डेशनले द्वारा रक्तदान कार्यक्रमको आयोजना गरिएको जनाईएको छ ।
मधेश प्रदेशको राजधानी जनकपुरधाम स्तिथ जनक चौकमा गंगाराम फाउण्डेशन द्वारा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका थिए । रक्तदान गर्नु भनेको एउटा नया जीवन प्रदान गर्नु सरह हो यस्ता मनकारी कार्यक्रमको आयोजना गर्न फाउण्डेशन सदैव तत्तपर रहदै आएको गंगाराम फाउण्डेशन जनकपुरकी उपाध्यक्ष हेमता सुवेदीले बताइन । उनले रक्तदान कार्यक्रममा सहभागी भई रक्तदान गरेका तथा यस आयोजनलाई सफल बनाउन सहयोग गरेका व्यक्ति तथा संस्थाप्रति धन्यवाद ज्ञापन समेत गरेकी छिन ।
उक्त रक्तदान कार्यक्रम गंगाराम फाउण्डेशन की उपाध्यक्ष हेमता सुवेदीको आयोजनामा र रेडक्रॉस सोसाइटी जनकपुरको प्राविधिक सहयोगमा सम्पन्न भएको थियो ।