महोत्तरी – सूचनाको हकको लागि राष्ट्रिय माहासंघ महोत्तरी जिल्ला अधिवेशनबाट धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’ को नेतृत्वमा नयाँ कार्यसमिती निर्वाचित गरेको छ ।
सोमवार महोत्तरीको औरही नगरपालिकामा सम्पन्न माहासंघको महोत्तरी जिल्लाको प्रथम अधिवेशनले जिल्लाको १५ वटै पालिकाको प्रतिनिधित्व हुनेगरी कार्यसमिति चयन सर्वसम्मत रुपमा चयन गरेको हो ।




नव निर्वाचित अन्य पदाधिकारीहरुमा खुला उपाध्यक्षमा अर्जुन साह, समावेशी उपाध्यक्षमा बेबी झा, महासचिवमा ममता विश्वकर्मा, खुला सचिवमा अकबर अंसारी र समावेशि सचिवमा सलिता यादव रहेका छन् ।
त्यसैगरी सदस्यहरुमा रोमियाे नागवंशी, ईशा भगत, सुशिल दास, संजिला कुमारी यादव ,सिदार्थ कुमार यादव, मनिषा साह,राजिव मंडल र विशाल कुमार ठाकुर निर्वाचित भएका छन् ।
कोषाध्यक्ष र केहि छुटेका पालिकाहरुबाट प्रतिनिधित्व हुने यस समितिले प्रतिनिधि मनाेनित गर्ने महासंघका मधेस प्रदेश अध्यक्ष अजय साहले जानकारी दिए।






