महोत्तरी - महोत्तरी जिल्लाको मटिहानीमा आज लागु औषध विरुद्ध जनचेतना मूलक ऱ्यालको आयोजना गर्यो ।
मटिहानी नगरपालिकाको आयोजनामा मटिहानी बसस्टेण्ड बाट विहान प्रारम्भ भएको ऱ्यालीले मटिहानी क्षेत्रको विभिन्न भागको परिक्रमा गरेका थिए ।
ऱ्यालीमा लागु औषध प्रयोग नगरौं,लागु औषध सेवन विरुद्ध एक हौं जस्ता नारा लगाइएको थियो
कार्यक्रममा मटिहानी नगरपालिका प्रमुख हरि प्रसाद मण्डल,वड़ा अध्यक्ष कलीम अंसारी,जीत नारायण माझी लगायत ठूलो संख्यामा युवाहरुको सहभागिता रहेको थियो ।









