
महोत्तरी - लोहारपट्टी नगरपालिका नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ।
नगरपालिकाको आयोजना र सेभ द चिल्ड्रेन को आर्थिक तथा प्राविधिक सहयोग तथा सामुदायिक विकास तथा पैरवी मंच नेपाल बर्दिवासको सहजीकरणमा नगरपालिकाले प्रदान गर्ने समाजिक सुरक्षा वितरण कार्यक्रमको प्रभावकारिता सम्बन्धी सार्वजनिक सुनुवाइ सम्पन्न भएको हो ।

सार्वजनिक सुनुवाइ शुक्रवार लोहारपट्टी नगरपालिका वडा नम्बर ६, मा आयोजना गरिएको थियो।
प्रमुख प्रशासकिय अधिकृत बदरुदिन अंसारीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा सार्वजनिक सुनुवाइमा सहभागी जनसमुदायले समाजिक सुरक्षा भत्ता वितरण समयमा उपलब्ध गराउनु पर्ने, अशसक्त अपांग र जेष्ठ नागरीकलाई घर घर पुगेर भत्ता वितरण गर्नु पर्ने जस्ता माग राखेका थिए ।

कार्यक्रमको सहजिकरण तथा प्रतिवेदन प्रस्तुतिकरण नेपाल प्रेस युनियन मधेस प्रदेशका महासचिव अजय साहले गरेका थिए।
सार्वजनिक सुनुवाइ कार्यक्रममा उप प्रमुख सरिता शर्माले उठेका जिज्ञासा तथा सबाललाई सम्बोधन गर्दै नगरपालिकाले प्रदान गर्ने समाजिक सुरक्षा सेवा र सुविधाको गुणस्तर र प्रभावकारिता सुधार गर्न प्रतिवद्धता व्यक्त गरिन्।
उनलेे यस्तो कार्यक्रमले नगरपालिकाले प्रदान गर्ने सेवा र सुविधाको प्रभावकारिता मूल्यांकन गर्न महत्वपूर्ण योगदान पुर्याएको बताइन्।

त्यसैगरी सहभागीहरुले उठाएका सवाल र सुझावहरु नगरपालिकाको भावी कार्ययोजनामा समावेश गरेर सेवा र सुविधामा सुधार ल्याउने प्रतिबद्धता सम्बन्धित फाट प्रमुखहरु द्वारा व्यक्त गरिएको छ।
वडा नम्बर ६ का वडा अध्यक्ष पंकज साहले सुनुवाइ कार्यक्रमले जनताको आवाज सुनिने र उनीहरुको समस्याको समाधान गरिने विश्वास दिलाए।

सुनुवाइ कार्यक्रममा झण्डै २ सय जना स्थानियहरुको सहभागीता रहेको थियो उक्त कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष राम दिनेश मण्डल, वडा नम्बर ९ का वडा अध्यक्ष श्रीनारायण यादव, नगरपालिकाका राजश्व शाखा प्रमुख शैलेन्द्र पाण्डे, पंजिकरण शाखा प्रमुख प्रविण शर्मा, एमआइएस अपरेटरहरुको मधेस प्रदेश समितिका अध्यक्ष सुनिल सिंह , धनुषा अध्यक्ष सुशील यादव , लोहारपट्टी शाखाका एनआइसी बैंका उपप्रबन्धक संजय साह , सिटिजन बैंकका अपरेसन इन्चार्ज सरोज तिवारी लगायतका उपस्थिति रहेको थियो ।
