महोत्तरी - छठ पर्वको मुख्य दिन आज (बिहिवार) साँझ अस्ताउँदो सूर्यलाई पूजा–आराधना गरी अर्घ्य दिइएको छ । मधेसका अधिकांश जिल्लाहरूमा गाउँदेखि शहरसम्मका जलाशयमा दुलही जस्तै सिँगारिएको घाटमा आज व्रतालुहरूले अस्ताउँदो सूर्यको अर्घ्य दिएका हुन् । माटोले बनाइएको नयाँ घैलो, हाँथी, कोसिया कुरबार, बाँसले बनाइएको कोलसुप, सुपा, ढकिया, चंगेरासहितमा प्रसाद राखी जम्मा भएका व्रतालुहरूले जलाशयको दृष्य मनमोहक देखिएका छन् ।
अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदा व्रतालुले दुवै हातमा चामलको घोल र सिन्दूर लगाएर अक्षता र फुलसहित पालैपालो अर्घ्य सामग्री सूर्य देवता समक्ष अर्पण गरेका छन् । ३६ घण्टासम्म पानीसमेत नखाई व्रत बसिने यो पर्वमा अस्ताउँदो र उदाउँदो सूर्य देवतालाई अर्घ दिँदै छठीमाताको पूजा आराधना गर्ने गरिन्छ ।
भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ चढाएपछि छठ विधिवत् रूपमा समापन हुन्छ । विना भेदभाव सबै जाति र समुदाय पोखरी, नदी र जलाशयको घाटमा जम्मा भई सँगसँगै सूर्य देवताको पूजा गर्ने परम्परा रहेको यो पर्व साम्प्रदायिक सद्भाव, धार्मिक सहिष्णुता र मेलमिलापको संगम साबित भएको छ ।
महोत्तरीको औरही नगरपालिका २ औरही स्थित रहेको रामजानकी कुट्टी नजिकको पोखरी घाटमा बिहिवार साँझको अर्घ्यको तयारीमा स्थानीय । निराहार व्रत बसेका बर्तालुले आज साँझ अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिने गर्दछन ।
तस्वीरहरु
तस्वीर : धर्वेन्द्र कुमार यादव''यदुवन्शी''शिरीष न्युज/महोत्तरी,औरही
औरही नगरपालिका वडा १ औरहीबाट बग्ने जङ्गहा खोलामा छठ पर्व गर्ने भक्तजनहरुले जङ्गहा खोलामा बिहिवार साँझको अर्घ्यको तयारीमा स्थानीय । निराहार व्रत बसेका बर्तालुले आज साँझ अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिने गर्दछन ।
तस्वीर : धर्वेन्द्र कुमार यादव''यदुवन्शी''शिरीष न्युज/महोत्तरी,औरही
धनुषा महेन्द्रनगरको छठ घाट