
सुजाता राई
विराटनगर ।नोबेल साकोस साहित्य संस्था विराटनगर शाखाद्वारा शुक्रवार (२३ गते ) दाहाल प्रतिष्ठानको सभा हलमा वरिष्ठ साहित्यकार तथा लघुकथाकार खेमराज पोख्रेललाई सम्मान गरिएको छ।
साकोस विराटनगर शाखाकी अध्यक्ष मन्जु घिमिरे(दाहालको )अध्यक्षतामा र मुक्तक प्रतिष्ठानको अध्यक्ष "बाबुराम पोख्रेलको प्रमुख अतिथ्यतामा सम्पन्न भएको थियो। आमन्त्रित पाहुनाहरुलाई कार्यक्रममा स्वागत संस्थाका सदस्य कुमार श्रेष्ठले गरे। स्रष्टा परिचय ऋषि तिवारीले दिए र भुपाल अधिकारीले सम्मान पत्र पढेर सुनाए।
बाल प्रतिभा तेजस्वी घिमिरेले नृत्य र प्रशंसा कट्टेलले गान प्रस्तुत गरेर सबैलाई मनोरञ्जन गराए । कार्यक्रमको सञ्चालन संस्थाकी सचिव सुजाता राईले गरेकी थिइन।
अन्य कमिटीका पदाधिकारीहरु,सदस्यहरु र तीन दर्जन साहित्यकारहरुले विभिन्न विद्यामा रचना वचन सुनाए । कार्यक्रममा विभिन्न अतिथिहरुले साकोसले साहित्यको क्षेत्रमा पुर्याएको योगदानको खुलेर प्रसंसा गरेका थिए।