तेजबहादुर सार्की
कैलाली, कात्तिक २६ गते । कैलालीको गौरीगंगा नगरपालिका – ११ का स्थानीय पत्रकार सुरेश भुलको स्थानीयको सामुहिक कुटपीटबाट मृत्यु भएको छ ।
२०८१ साल कात्तिक २४ गते बाख्रा चोरीको आरोप लगाउँदै त्यहाँका स्थानीयको एक समुहले पत्रकार भुललाई कुटपीटबाट गरेका थिए ।
कुटपीटबाट गम्भीर अवस्थामा रहेका पत्रकार भुलको कार्तिक २६ गते बिहान निसर्ग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको आफन्तले जनाएको छ ।
गल्ती भएपनि कानुनीरुपमा कारवाही गर्नु पर्ने तर गाउँकै सबै लागेर मेरो श्रीमानलाई कुटेर मारेको मृतककी श्रीमति कल्पना सार्कीले बताउनुभयो ।
उहाँले भन्नुभयो,“ कसको बाख्रो हराएको रहेछ । यसलाई पसलमा ल्याएर बानी दिनु पर्यो । कोही आएपछि बुझाई दिनु पर्ला भनेर उहाँले बाख्रो पसलमा ल्याएर बाँधेर राखेको हो ।”
यहाँका स्थानीयले त्यो बाख्रो त्यसैले चोरेर ल्याएको हो भन्ने आरोप लगाएर पुरै गाउँका आएर मर्ना सम्म कुटपीट ग¥यो । यसरी स्थानीयले कुटेपछि उहाँको अवस्था निकै गम्भिर भएकोले राती एम्बुलेन्समा धनगढी अस्पतालमा लिएर उपचार गराउँदा गराउँदै श्रीमानको मृत्यु भएको सार्कीले बताउनुभयो ।
पत्रकार भुललाई कुटपीट गर्ने सात जनालाई पक्राउ गरिसकेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।