
महोत्तरी- बर्दिवास नगरपालिकाका मेयर प्रह्लादकुमार क्षेत्रीले संघ र प्रदेश सरकारले बनाएको ऐन कानुनको परिधिभित्र रहेर कार्य सञ्चालन गर्नुपर्ने बताएका छन् ।
बर्दिवास उद्योग बाणिज्य संघको तेश्रो साधारणसभालाई सम्बोधन गर्दै नगर प्रमुख क्षेत्रीले आफ्नो कार्यकालको अढाईबर्ष यता नगरपालिकाले नगरभित्रका सम्पूर्ण राजनितिक दल, संघ संस्था र बिज्ञहरुको सहकार्यमा कामगर्न चाहेर अघि बढेको बताए । उनले सबै क्षेत्रको सहयोग र सहकार्यले मात्रै नगरको बिकास र समृद्धिले फडको मार्ने बिश्वास ब्यक्त गरे।

उनले आफ्नो नेतृत्वमा नगरपालिकाबाट गरीएका कुनैपनि कामकाजमा कुनै प्रकारको क्षेत्र, जात, लिङ्ग, बर्ग, बिचार तथा संघ संस्थालाई बिभेद नगरेको जनाउँदै नगरपालिकाले सबैबर्ग समुदाय संघ संस्थालाई आवश्यकताको आधारमा समान ब्यवहार गर्नेगरेको उल्लेख गरे ।
मेयर क्षेत्रीले हिजोको तुलनामा आज कृषि,स्वास्थ्य, शिक्षा, खानेपानी. खेलकुद, भौतिक पुर्वाधार लगायतका विकासमा नगरपालिकाले उल्लेखनीय काम गरेको जनाउदै कामको मुल्याङ्गकन जनताले नै गर्ने बताए। उनले भने, 'नगरको सिमित बजेट र,श्रोत साधनले नभ्याएको ठूला बिकासका योजनालाई नगरपालिकाले संघ ,प्रदेश सरकारलाई काम सम्पन्नगर्न बजेट बिनियोजन गरिदिन पहल गरी रहेका छौ ।'
यसैगरी उद्योग बाणिज्य संघको तेश्रो साधारणसभाले स्वास्थ्य क्षेत्रमा उल्लेखनिय योगदान पुर्याउने शुभ स्वस्तिक अस्पताल तथा ब्यवसायिक क्षेत्रमा योगदान गर्ने बिभिन्न ब्यवसायीलाई सम्मान गरेको थियो ।