
नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किंग्सले ओपनर मार्टिन गप्टिलको अर्धशतकको मद्दतमा जनकपुर बोल्ट्सलाई १२८ रनको लक्ष्य दिएको छ।
शनिबार सुरु भएको एनपिएलको उद्घाटन खेलमा विराटनगरले टस गुमाएपछि ब्याटिङको निम्तो पायो। निर्धारित १९ ओभरमा विराटनगर १२७ रनमै अलआउट भयो।
विराटनगरका ओपनर गप्टिलले एनपिएलको इतिहासमै पहिलो अर्धशतक पूरा गरे। उनले ३६ बलमा अर्धशतक बनाउँदै ४३ बलमा ७ चौका र १ छक्काको सहयोगमा ५५ रन जोडे।