महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्बर २ मा रिक्त रहेको वडा अध्यक्ष पदको लागि आज भइरहेको उपनिर्वाचनमा ९ बजे सम्म जम्मा २५० मत खसेको मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले बताए।
यहाँ दुई महिनाअघि मोटरसाइकल दुर्घटनामा वडा अध्यक्ष मुकेश यादवको मृत्यु भएपछि उक्त पदमा उपनिर्वाचन भइरहेको छ।
यस्तो छ विवरण :
स्थान : रामगोपालपुर नगरपालिका वडा नं २,महोत्तरी
मुख्य निर्वाचन अधिकृत : राजकुमार कोइराला
जम्मा मतदाता : २१४१
पुरुष : १२०१
महिला : ९४०
मतदान स्थल : १ (नेपाल राष्ट्रीय जनता आधारभूत विद्यालय,मोहनपुर)
मतदान केन्द्र : २
उम्मेदवारहरु संख्या :
१. आईति कुमारी यादव – माओवादी केन्द्र- गोलाकार भित्र हसिया हथौड़ा
२. मोहम्मद जनीफ़ खां – नेपाली काँग्रेस – रुख
३. मोहम्मद नजामुद्दीन खां – जसपा – ढलकेको छाता –
४. सकीबुल खां – एमाले- सूर्य
५. मोहम्मद मनान खां – राप्रपा – हलो
६. खुरशेद खां – रास्वपा – घन्टी
७. राजेश कुमार यादव – राष्ट्रीय जनता पार्टी – दाया हातले समातेको मसाल
८. अशोक कुमार यादव – स्वतन्त्र – ग्यास सिलिंडर
९. गंगा प्रसाद यादव – स्वतन्त्र – लसुन
१०. धीरेन्द्र प्रसाद यादव – स्वतन्त्र – तिलहरी
११. नजामुद्दीन खां – स्वतन्त्र – हात मिलाएको
१२. मुकेश्वर ठाकुर – स्वतन्त्र – चापाकल
१३. मोहम्मद अरमान रजा खां – स्वतन्त्र – हाते पंखा
१४. मोहम्मद इमामुद्दीन खां – स्वतन्त्र – चील
१५. राकेश कुमार यादव – स्वतन्त्र – जातो
१६. राजदेब यादव – स्वतन्त्र – सिरिंज
१७. राम औतार यादव – स्वतन्त्र – अर्ना
१८. विजय कुमार सिंह – स्वतन्त्र – क्यारम बोर्ड







