महोत्तरीको रामगोपालपुर नगरपालिका वडा २ को मतगणनामा एमालेले अग्रता लिएको छ ।
अहिलेसम्म करिब ५ सय मत गणना हुँदा नेकपा एमालेले २२२ सहित अग्रता लिएको छ । दोस्रो स्थानमा रहेको माओवादीले १४६ र तेस्रो स्थानमा रहेको कांग्रेसले ९२ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले जानकारी दिए ।