
-सुजाता राई
विराटनगर । नेकपा एमाले विराटनगर महानगरपालिकाको दोश्रो अधिवेशनका लागि आज १९ वटा वडामा एकै पटक प्रतिनिधि छनौट भएको छ।
आगामी वैशाख २ र ३ गते हुने अधिवेशनका लागि सबै वडामा एकैदिन भूगोलका प्रतिनिधि चयन गर्ने निर्णय अनुसार प्रतिनिधि चयन गरिएको महानगर वडा नं ६ का अध्यक्ष नारायण प्रसाद बरालले जानकारी दिए ।
बरालको भनाइ अनुसार केही वडाहरुमा प्रतिनिधि चयनको प्रकृया अन्तिम चरणमा केही बेरपछि महानगरका १९ वटै वडाबाट प्रतिनिधि चयन आजै सकिने छ ।
जन संगठनहरुको प्रतिनिधि चयन शुक्रबार गरिने र महानगर अधिवेशनका लागि २२१ जना प्रतिनिधि चयन भएर आउने छन्।१५ जना मनोनित गरिने र वडा नं ६ मा प्रतिनिधि सर्वसहमतमा गरेको अध्यक्ष बरालले बताए ।
पुरुष तर्फबाट- नारायण प्रसाद बराल,डिल्ली राज थापा, निर बा. थापा, संतोष साह, दानिसबाबु इराकी महिलामा-कविता निरौला, सुबी कुरेर्सी, विना बस्नेत ,युवा- भिम कामत, युगल खतिवडा प्रतिनिधि चयन भएका छन्।