
काठमाडौं । स्थानीय तह उपनिर्वाचनअन्तर्गत हालसम्म ३७ स्थानको मतपरिणाम सार्वजनिक भएको छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणामअनुसार नेपाली कांग्रेसले सबैभन्दा धेरै १६ वडा जितेको छ ।
यस्तै, माओवादी केन्द्रले एक गाउँपालिका अध्यक्ष, एक उपाध्यक्षसहित ६ वडा जितेको छ । सूचीमा माओवादी दोस्रो स्थानमा छ ।
यस्तै, नेकपा एमालेले एक पालिका अध्यक्ष, एक उपाध्यक्षसहित ५ वडा आफ्नो पोल्टामा पारेको छ ।
साथै, जनता समाजवादी पार्टी, नेपालले २ वडाध्यक्ष जितेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टी, स्वतन्त्रले एक-एक स्थानमा जित हासिल गरेको आयोगले जनाएको छ ।