महोत्तरी- औरहीमा २१ औं महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका दिवसको अवसरमा पालिकाभरिका ३१ जना महिला स्वास्थ्य स्वयमसेविकालाई सम्मान गरिएको छ।औरही नगरपालिकाको आयोजना तथा विभिन्न सामुदायिक संस्थाहरुको आर्थिक सहयोगमा विहीबार उनीहरुलाई विविध सामग्री प्रदान गर्दै सम्मान गरिएको हो ।
सम्मानमा उनीहरुलाई छाता, सल, कप, टर्चलाईट सहित विभिन्न घरायसी सामग्री प्रदान गरिएको औरही नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख चन्द्रभुषण ठाकुरले जानकारी दिए ।गतबर्ष मोवाईल फोन प्रदान गरेका उनीहरुलाई यसबर्ष विविध सामग्री प्रदान गरिएको ठाकुरले बताए ।विहीबार औरही स्थित श्रीप्रसाद सिंह माविको सभाहलमा आयोजित एक समारोहका बीच महिला स्वास्थ्य स्वयम् सेविकाको भुमिका समाजमा सहारनीय रहेको भन्दै सहभागीहरुले उच्च प्रसंशा गरेका थिए ।
वीएनटी नेपालका डा मनोज साहले समाजलाई राम्ररी नियालिरहेका स्वयमसेविकाहरुले अव समुदायमा रहेको क्षयरोगी पता लगाउने कार्यमा जुटनका लागि अनुरोध गरे । डा. साहले सन् २०३० सम्ममा विश्वलाई नै क्षयरोगीमुक्त बनाउने उद्देश्यले अगामी यात्रामा महिला स्वास्थ्य स्वयम्सेविकासँग सहकार्य गरि अगाडि बढनका लागि राज्यपक्षलाई तत्परता देखाउनुपर्नेमा जोड दिए ।
केयर नेपालका मधेश प्रदेश प्रमुख डा. विजयकुमार झाले विगतमा उहाँहरुकै कारण विभिन्न अभियानहरुले सफलता हासिल गरेको चर्चा गर्दै उनले भने उहाँहरुको योगदानको कदर नेपाल सरकारलाई गर्नुपर्ने आवश्यकता उपर जोड दिए । उहाँहरुको योगदानको कदर गर्न सके समाजलाई परिवर्तनको पथमा लानका लागि सहयोगीको भुमिका निर्वाह गर्नेमा डा झाले विश्वास व्यक्त गरे ।
सार्वजानिक स्वास्थ्यको सवालमा महिला स्वास्थ्य स्वयमसेविकाको भुमिका सहारनीय रहेकोले पालिकाले सकभर भ्याएसम्म उनीहरुको सेवा सुविधामा कदापी कन्जुसाई नगर्नेमा प्रमुख प्रशासकीय अधिकृत प्रमोदकुमार ठाकुरले बताए।समाजिक स्वास्थ्यको सवालमा निरन्तर खटिरहने स्वयसेविकाको पक्षमा सरकारीस्तरबाट ऐन निती, नियम बनाउनुपर्नेमा संघिय साँसद डा चन्दा कार्कीले बताइन्।
समाजिकस्तरमा कार्यरत रहने यस्ता अभियानीहरुको पक्षमा आफुले सकभर प्रयासरत रहनेमा डा कार्कीले प्रतिवद्धता जनाइन्।
सो अवसरमा पालिकाभरिमा उत्कृष्ट कार्यसम्पादन गरिने स्वास्थ्य चौकीलाई समेत सम्मान गरिएको छ। सम्मानित हुनेमा प्रथम पुरुस्कार सोनामाई स्वास्थ्य चौकी, दोस्रो पुरुस्कार औरही स्वास्थ्य चौकी, तेस्रो पुरुस्कार श्रीपुर उपस्वास्थ्य चौकी र सान्तवना पुरुस्कार औरही नगर अस्पताललाई प्रदान गरिएको हो ।
बर्षभरिमा गरिएको कार्यसम्पादनको आधारमा उनीहरुलाई उत्कृष्टको रुपमा छनौट गर्दै पुरुस्कार प्रदान गरिएको औरही नगरपालिकाको कार्यालयले जनाएको छ ।यसै बीच सामुदायिक विकास तथा पैरवीमन्च वर्दिवासले १ लाख ३३ हजार ७ सय ९२ रुपैयाँँ रकम बराबरको विभिन्न सामग्रीहरु नगरपालिकाको कार्यालयलाई उपलब्ध गराएका छन् । नगरप्रमुख प्रदीपकुमार खडकालाई सो सामग्री प्रदान गरिएको संस्थाका मीन बहादुर रायले जानकारी दिइन् ।