
जग्गादातालाई अन्याय हुने गरि बर्दिवास-१३ मा बन्दै गरेको मन्दिरलाई लिएर राजनीति दलहरुले आपत्ति जनाएका छन् ।
तत्कालिन समयमा गाविसको भवन निर्माणको लागि दिएको १० धुर जग्गा र जग्गा अपुग भएपछी वडा कार्यालय संचालनार्थ थपिएको ४ कठ्ठा ८ धुर जग्गामा निर्धारित प्रयोजनमा नै उपयोग हुनुपर्नेमा दलहरुले अडान राखेका हुन् ।
स्व. कृष्ण प्रसाद पौडेल परिवारले दिएको जग्गा सरकारी प्रयोजनमा नै प्रयोग हुनुपर्ने अडान सहित अहिले बनिरहेको मन्दिरको काम बन्द गर्नुपर्ने दलहरुको निष्कर्ष छ ।
जग्गादातासँग कुनै सल्लाह नगरी वडा अध्यक्ष लक्ष्युमन सिंहले जवर्जस्ती मन्दिर निर्माण गरेको भन्दै पौडेलका छोरा सुवर्ण पौडेलले जिल्ला अदालतमा मुद्दा समेत दायर गरेको थिए । अदालतले मन्दिर निर्माण प्रक्रिया तत्काल रोक्नु पर्ने अन्तरिम आदेश जारी गरिसकेको छ ।
अन्तरिम आदेशका वावजुत पनि निर्माण प्रक्रिया अगाडी बढाएपछी खबरदर्पण दैनिकले तिन दिन अगाडी समाचार सम्प्रेषण गरेको थियो । समाचार सम्प्रेषणपछी निर्माण प्रक्रिया बन्द भएसँगै स्थानीय राजनीति दलहरुले चासो देखाएका थिए ।
सोही क्रममा सुक्रवार बसेको बैठकले जग्गादातामाथी अन्याय हुनुको साथै सरकारी जग्गामा धार्मिक आस्थामा नै खलल पुग्ने गरी मन्दिर निर्माण गर्नु गलत भएको निष्कर्ष निकालेको हो ।
यस अघि प्रकाशन भएको यो समाचार पनि हेर्नुहोस ।