जनकपुरधाम - नेपाल पत्रकार महासंघ धनुषा शाखाको नयाँ नेतृत्वका लागि पुरन साह र नित्यानन्द मण्डल बीच प्रतिष्पर्धा हुने भएको छ। निर्वाचन कार्यतालिका अनुसार बुधबार उम्मेदवारी दर्ता भएको छ । उम्मेदवारको अन्तिम नामावली विहिबार सार्वजनिक गर्ने कार्यसूची छ ।
धनुषा जिल्ला अध्यक्षमा २ जना साह र मण्डलको उम्मेदवारी परेको निर्वाचन समितिका संयोजक बिएम खनालले जनाएको छ । साह प्रेस युनियन र चौतारी गठबन्धनको उम्मेदवार हुन् भने मण्डल प्रेस सेन्टर, प्रेस मंच र समाजवादी प्रेस संगठनको गठबन्धनका उम्मेदवार हुन् ।
त्यसैगरी उपाध्यक्षको लागि ४ जना अवधेश कामत (युनियन र चौतारी ), संजिव कुमार झा (सेन्टर,मंच र समाजवादी ), घनश्याम कुमार मिश्र र निरंजन कुमार साह, महिला उपाध्यक्षको लागि २ जना बरुणा कणर् र नेहा झा को उम्मेदवारी दर्ता भएको छ । सचिवमा ३ जना बटुक नाथ झा (युनियन र चौतारी ), विकास कुमार साह (सेन्टर,मंच र समाजवादी ) र सुभाष कुमार कणर्, सह सचिवमा २ जना प्रमोद कुमार साह(युनियन र चौतारी ) र अर्जुन कुमार मण्डल (सेन्टर,मंच र समाजवादी ) , सह सचिव (समावेशी) मा २ जना दिपेश मल्लिक(युनियन र चौतारी ) र भोला यादव(सेन्टर,मंच र समाजवादी ), कोषाध्यक्षमा २ जना राम कमल महतो (युनियन र चौतारी ) र गोबिन्द महतो (सेन्टर,मंच र समाजवादी ) को उम्मेदवारी दर्ता भएको छ। त्यसैगरी ६ जना सदस्यको लागि १४ जनाको उम्मेदवारी दर्ता भएको छ । सदस्यमा उम्मेदवारी दिनेहरुमा संजयकुमार साह, राहुल कुमार सिंह, राजन कुमार झा, जीव नारायण झा, कमलेश कुमार ठाकुर, ज्ञानेन्द्र ठाकुर, सुमित मिश्र, विजयकुमार झा, जय शंकर कुँवर, शत्रुधन यादव, अनिलकुमार महतो, ब्रह्मानन्द ठाकुर, सपना कुमारी कणर् र राजा झा रहेका छन् ।
आरक्षित तर्फ सदस्य महिला पदमा चाँदनी झा र सदस्य दलित मा दिलिप दास निर्विरोध निर्वाचित भएका छन् भने १ जना मधेसी सदस्यको लािग २ जना फुलगेन कुमार महतो र माला कुमारी राय , १ सदस्य आदिवासी जनजाती सदस्यको लागि २ जना लक्ष्मी चौधरी र संजिव कुमार मण्डल तथा १ अन्य समावेशी -मुश्लिम, अपांगता) सदस्य पदको लागि २ जना मो. इन्तखाम आलम र मो. हासीम राईन को उम्मेदवारी परेको छ। यता केन्द्रिय परिषद सदस्य ३ जनाको लागि पाँचको उम्मेदवारी जसमध्ये समावेशी तर्फ महिला सदस्यमा रेणु झा निर्विरोध निर्वाचित भएका छन् भने खुला र मधेसी तर्फ श्रीनारायण साह, अजयकुमार झा, किरण कुमार कणर् र बीरेन्द्रकुमार रमणले उम्मेदवारी दिएका छन्।
त्यसैगरी ८ जना प्रदेश परिषद सदस्य पदमा ८ जनाको मात्र उम्मेदवारी दर्ता भएको हुँदा सबै जना निर्विरोध निर्वाचित भएका छन् । यसरी निर्विरोध निर्वाचित हुनेहरुमा अजयकुमार साह, बबलु चौधरी, कमल साह, उत्तिमलाल कापडी, उमेश झा, दिनेश शर्मा, नवोनारायण झा र अमरकान्त ठाकुर रहेका छन् । जसमध्ये ठाकुर बाहेक ७ जना प्रेस युनियन र प्रेस चौतारी गठबन्धनका उम्मेदवार हुन् । महासंघको नयाँ नेतृत्वका लागि आगामी २८ मंसिरमा निर्वाचन हुँदै छ ।