काठमाडौँ – एसिसी यु-१९ महिला एसिया कप खेल्न जाने टोलीको बिदाइ गरिएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार एसिसी यु-१९ महिला एसिया कप खेल्न जाने टोलीको बिदाइ गरेको हो।



यसअघि सोमबार पूजा महतोको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिएको थियो।
टोलीको उपकप्तानमा सोनी पाख्रिन तथा अन्य खेलाडीमा, साना प्रवीन, ज्यात्स्निका मरासिनी, कुसुम गोदार, एलिशाकुमारी यादव, सावित्री धामी, कृष्मा गुरुङ, तिर्सना विश्वकर्मा, किरणकुमारी कुँवर, रिया शर्मा, रचना चौधरी, सिमाना केसी, स्नेहा महरा र अनु कडायत छन्।





