महाेत्तरी- जनतासँग जसपा नेपालकाे आधारभुत संगठन निर्माण अभियानकाे गाैशालामा विस्तारित बैठक सम्पन्न भएको छ । आईतबार महाेत्तरीकाे गाैशाला नगरपालिका १२ स्थित ११ नम्बर गाउँकाे माथिल्लो टाेलमा जनतासँग जसपा नेपालकाे आधारभुत संगठन निर्माण अभियानकाे क्रममा वडा स्तरीय विस्तारित बैठक सम्पन्न भएको हाे ।
संगठन निर्माण अभियान कार्यक्रमलाई सम्बाेधन गर्दै क्षेत्रीय अध्यक्ष तथा गाैशाला नगरपालिका प्रमुख डा. दिपेन्द्र महताेले यो अभियान हरेक नेपाली जनतासंगै खास गरेर मधेशी जनताहरुको भविष्यका लागि महत्वपूर्ण रहेको भन्दै जनतासँगको सीधा संलग्नता आवश्यक रहेको बताए । उहाँले “यस अभियानले जसपा नेपालको पहुँचलाई हरेक टोल र गाउँसम्म पुर्याउने काम गर्ने बताँउदै पार्टीलाई जनतासँग नजिकबाट काम गर्न सक्षम बनाउने विश्वास व्यक्त गरे ।
त्यसैगरी जसपा नेपालका केन्द्रीय सदस्य तथा केन्द्रीय अभियानता रमेश कुमार महताेले कार्यक्रामलाई सम्बोधन गर्दै स्थानीय स्तरमा पार्टीको प्रभावलाई मजबुत बनाउन र कार्यकर्तालाई सक्रिय राख्नका लागि यो अभियान महत्वपूर्ण रहेको बताएका हुन् । उहाँले जनतासँगको निकटता र संगठन बिस्तार भए मात्र पार्टी थप बलियो हुने सुझाब दिएका हुन् । कार्यक्रमको मुख्य उद्देश्य स्थानीय तहमा पार्टीको आधारभूत संरचना सुदृढ पार्नु हो । यसका लागि चार महिनाको अवधिमा “जनतासँग जसपा नेपाल” भन्ने नारा सहित विभिन्न स्थानीय गतिविधिहरू आयोजना गरिरहेको उहाँले बताउनुभयो ।
कार्यक्रमको अध्यक्षता जसपा नेपालका वडा सभापति रासबिहारी महताेकाे अध्यक्षता, अतिथि नगर प्रमुख : डा. दिपेन्द्र महताे, अतिथिमा केन्द्रीय सदस्य रमेश महताे, जसपा नेपालकाे नगर अध्यक्ष : कुमरकान्त झा, इन्चार्ज : देवनारायण महताे, वडा १२ अध्यक्ष कुशेश्वर सिंह, वडा सदस्य सन्तलाल महताे, लगायतका नेता तथा कार्यकर्ताहरुकाे उपस्थिति रहेको थियोे ।