
विष्णु गुप्ता,महोत्तरी - ह्युमन प्यापिलोमा भाईरस (एच.पी.भी)का कारण महिलामा हुने पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाउने कार्यक्रम मटिहानी नगरपालिकामा माघ २४ गतेदेखी सुरु हुने भएको छ । मटिहानी नगरपालिकाले सोमबारर आयोजना गरेको पालिका स्तरिय खोप समन्वय समिति तथा सरोकारवालाहरुको उपस्थितिमा आयोजना गरेको अभिमुखिकरण कार्यक्रममा सो जानकारी गराइएको छ ।
मटिहानी नगरपालिका अन्तर्गत रहेका सामुदायिक विद्यालयमा अध्यनरत ६ कक्षा देखी १० कक्षाका छात्रा तथा विद्यालयमा अध्यनरत नरहेका १० देखी १४ वर्षका किशोरीहरुमा सो खोप लगाइने मटिहानी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पवन कुमार मण्डलले जानकारी दिए । किशोर अवस्थामा मैं लगाइने सिकोलिन खोप ९८ प्रतिशत समम् प्रभावकारी हुने तथा यसले भविष्यमा महिलाहरुलाई एच.पि.भी बाट हुने पाठेघर मुखको क्यान्सर लगायत यौनांगमा हुने अन्य समस्याहरु बाट सुरक्षित गर्ने मण्डलले जनाए। किशोरहरुमा लगाइने उक्त खोप कार्यक्रम यस वर्ष अभियानको रुपमा सुरु गरिने छ भने अर्को वर्ष देखी यसलाई नियमित रुपमा संचालन गरिने छ।
उक्त खोप अभियान कार्यक्रम बाट नगरपालिका अन्तर्गतका १ हजार ८ सय ६३ किशोरीहरु लाभान्वित हुने जनाईएको छ । किशोरिमा लगाइने खोप अभियानलाई प्रभावकारी बनाउन प्रत्येक विद्यालयमा एक जना शिक्षकलाई स्वयं सेवक राख्ने स्वास्थ्य शाखा प्रमुखले जनाए । यस सँगै खोप लिन विद्यालय तथा स्वास्थ्य संस्था पुगेका छात्रा तथा किशोरीहरुमा माहवारी सम्बन्धी सरसफाईको जनचेतना समेत गराइने छ । मटिहानी नगरपालिकामा पाठेघर मुखको क्यान्सर सम्बन्धी रहेका रोगीहरुको विशेषज्ञ चिकित्सकहरु द्वारा विगतमा पनि नियमित रुपमा नागरपालिकाले स्क्रीनिंग गराउदै र उपचारका लागि विशेषज्ञिय सलाह समेत दिदै आईएको नगरप्रमुख हरिप्रसाद मण्डलले बताए ।
उनले नगरवासीको स्वास्थ्य अवस्था सुदृढ़ राख्न प्रति नगरपालिका सदैव प्रभावकारी रूपले प्रत्येक कार्यक्रमको आयोजना गर्दै आएको छ र यसलाई निरन्तरता पनि दिइने उनले बताए । उक्त कार्यक्रममा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत चन्द्रशेखर शर्मा,वडाध्यक्ष तथानगरपालिकाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।