
महाेत्तरी- मनराशिस्वा नगरपालिकाका सबै सामुदायिक तथा धार्मिक विद्यालयमा जाडाे बिदा दिइएको छ ।
विगत केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन कष्टकर बनेपछि आईतवार देखि ६ दिनका लागि विदा दिइएकाे मेयर माेहन पाण्डेले जानकारी दिए।
नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत माधवेद्र चौधरीले आज एक सूचना प्रकाशित गरी अत्यधिक चिसो र शीतलहरलाई दृष्टिगत गर्दै पुस १७ देखि २२ गतेसम्म नगरपालिकाभित्रका सम्पूर्ण सामुदायिक तथा धार्मिक विद्यालयमा बिदा दिएको जानकारी दिए ।
वर्षे बिदाबाट कटौती हुनेगरी नगरभरिका विद्यालयमा बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत चौधरीले बताए ।
यस्तै अत्यधिक चिसो बढेपछि स्थानीय तहले ठाउँठाउँमा सर्वसधारणका लागि आगो ताप्न दाउरा बाल्नुका साथै जेष्ठ नागरिकलाई ब्लाङ्केट र च्यावनप्रस गायतका सामग्री वितरण गर्दै आएको मेयर पाण्डेले शिरीष न्युजलाई बताए।
बाक्लो हुस्सु र शीतलहरका कारण महोत्तरीको जनजीवन कष्टकर बनेको छ भने चिसोेबाट बिरामी भएकाहरुको स्वास्थ्य संस्थामा चाप बढ्दै गएको छ ।
