
काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज (बुधबार) भइरहेको खेलमा चितवन राइनोजले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ ।
चितवनका कप्तान कुशल मल्लले टस जितेर कर्णाली याक्सलाई ब्याटिङको निम्तो दिएका हुन् ।
एनपीएलमा आजदेखि नकआउट चरणका खेल सुरु हुँदैछन् ।
पहिलो प्लेअफ खेलमा चितवन र कर्णाली याक्स भिड्न लागेका हुन् । क्यालिफायर–२ मा स्थान बनाउन भइरहेको यो खेल बिहान ९ बजे कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुनेछ ।
प्लेअफमा पुगेका ४ टोलीमध्ये तेस्रो र चौथोमा स्थान बनाएपछि चितवन र कर्णाली आज एलिमिनेटरमा प्रतिस्पर्धी भएका हुन् । लिग चरणमा चितवन तेस्रो तथा कर्णाली चौथो भएका थिए ।
आजको खेलमा पराजित टोली बाहिरिने छ । जित्ने टोलीले क्वालिफायर– १ मा पराजित टोलीसँग फाइनलमा पुग्न प्रतिस्पर्धा गर्नेछ ।
दिउँसो १ हुने पहिलो क्वालिफायरमा लिगमा क्रमशः पहिलो र दोस्रो भएका टोली सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ ।
क्वालिफायर–१ मा जित हासिल हासिल गर्ने टोलीले फाइनलमा स्थान पक्का गर्नेछ । पराजित टोलीले भने दोस्रो क्वालिफायरमा एलिमिनेटरको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
यसर्थ आज दुवै टोली एक–अर्कालाई हराएर क्वालिफायर– २ मा स्थान बनाउन चाहन्छन् ।
कर्णालीको कप्तानी सोमपाल कामीले गरिरहेका छन् ।