काठमाडौं - एनपीएल क्रिकेटको पहिलो क्लालिफायरमा सुदूरपश्चिम रोयल्सविरुद्ध जनकपुर बोल्ट्सले पाँचौं विकेट गुमाएको छ ।
जनकपुर बोल्ट्सका अरनिको यादव ११ रनमा आउट भएका हुन् । उनलाई सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले आउट गरेका हुन् ।
यसअघि जकनपुरका हर्ष थाकेर १२, शुभ कंसाकार २६, कप्तान आसिफ शेख ११ र लाहिरु मिलान्था १२ रनमा आउट भए ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस जितेर जनकपुरले ब्याटिङ रोजेको हो ।