महोत्तरी - जिल्लाको बर्दिवासस्थित उधोग बाणिज्य संघको हलमा बाणिज्य संघसहित १४ भन्दा बढी संस्थाहरुले सयुक्तरुपमा सम्मान गरेका हुन । सत्ता गठबन्धन र सत्ता विपक्षी गठबन्धन गरि दुई प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा होमिएका पत्रकारहरुले विपक्षी प्यानलका उम्मेदवार महेश कुमार दासलाई अध्यक्ष निर्वाचित गरेका थिए । अध्यक्ष दास कै प्यानलवाट वहुमतसहित निर्वाचित भएका पत्रकार र सत्ता गठबन्धन प्यानलका निर्वाचित केही पत्रकारहरुलाई व्यवसायिक पत्रकारिताको विकासमा टेवा पुर्याउने अपेक्षा संस्थाका प्रतिनिधिहरुले गरेका छन ।
बर्दिवास उधोग वाणिज्य संघका अध्यक्ष बिष्णु खडकाले व्यवसायिक पत्रकारितामा देखिएका समस्याहरु नवनिर्वाचित कार्यसमितिले विस्थापन गर्न सक्नेमा विस्वास व्यक्त गरे । यता नवनिर्वाचित अध्यक्ष दासले पत्रकारको हकहित र व्यवसायिक पत्रकारिताको विकासमा आम मानिसले गरेको अपेक्षामा आफू हरदम तयार रहेको वताए ।
पत्रकारिताभित्र देखिएका समस्याहरुलाई मिहिन ढंगले केलाएर आफ्नो कार्यकाललाई ऐतिहासिक वनाउने अध्यक्ष दासले प्रतिवद्वता जनाएका छन । वरिष्ठ पत्रकार दशरथ भण्डारी, गोपाल बरालसहित नव निर्वाचित कार्यसमितिहरुको उपस्थितिमा बर्दिवास उधोग बाणिज्य संघ, होटल तथा पर्यटन व्यवसायी संघ, प्रगतिशील लेखक संघ, फर्निचर तथा फर्निसिङ्ग व्यवसायी संघ, रोटरी कलव बर्दिवास, मेकानिकल पार्टस व्यवसायी संघ, महिला उधमी व्यवसायी संघ, महोत्तरी व्यवसायी संघ, बर्दिवास मदिरा व्यवसायी संघ, रसायन व्यवसायी लगायतका संघ, संस्थाहरुले सम्मान गरेका थिए ।
मधेश भुगोलमा महोत्तरीवाट केन्द्रमा प्रतिनिधित्व राजकरण महतोको समेत सम्मान कार्यक्रममा उपस्थिति रहेको थियो।