महोत्तरी- औरही नगरपालिकामा गएराती आगलागीबाट दुई वटा पसल जली लाखौको क्षति भएको छ।औरही नगरपालिका १ औरही बजारमा विधुतीय तार सर्ट भई आगलागी हुदा पूर्ण रूपमा दुई वटा पसल जली नष्ट भएको प्रहरीले जनाएको छ।
बुधवार राति स्थानीय फुलो देवी मण्डलको काठको कठधेराको(गुम्ती)मा संचालन गरेको कस्मेटिक पसल र खुर्सिद लहेरीको टिनको जस्तापाता भएको १ तल्ले कच्ची घरमा संचालन गरेको कस्मेटिक पसलमा आगलागी हुँदा करिब ७ लाख मूल्य बराबरको क्षति भएको छ ।
आगलागीका कारण फुलो देवी मण्डलको पसलमा रहेको सम्पूर्ण सामान, २ लाख बराबर पसलको समान आगोमा परेर जलेर नष्ट भएको हो ।
त्यसैगरी खुर्सिद लहेरीको पसलमा रहेको ५ लाख मूल्य बराबरको सरसमान जलेर नष्ट भएको छ ।विद्युत सर्ट भएर आगो आगलागी भएको ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक सूर्य बहादुर राणा मगरले जानकारी दिए । आगो स्थानीय, प्रहरी र रामगोपालपुर नगरपालिकाबाट आएको दमकलले नियन्त्रण लिएको थियो ।