महोत्तरी- महोत्तरीको बर्दिवास नगरपालिकाले फोहर ब्यवस्थापनको दीर्घकालिन समाधानको लागि फोहोर प्रशोधन गर्ने मेशिन संचालनमा ल्याएको छ। शुक्रवार एक कार्यक्रम बीच मेशिनको उदघाटन गर्दै बर्दिवास नगरपालिकाका मेयर प्रह्लादकुमार क्षेत्रीले नगर भित्रबाट निस्कने फोहरमैला ब्यवस्थापनको समस्या दिर्घकालिन रुपमै समाधानको लागि मेशिन जडान गरिएको बताए ।
उनले फोहोरलाई मोहरमा रुपान्तरण गर्ने उद्देश्यले नगरपालिका र हिटाहेभि मेशिनरी एन्ड रिसाईकल सेन्टर काठमांडौको सहकार्यमा नगरको घर, पसल, कार्यालय तथा कलकारखाना लगायतका स्थानबाट दैनिक निस्किने फोहरलाई उपयोग गर्ने विधिको शुरुवात भएको जनाए । मेयर क्षेत्रीले संकलन गरिएको फोहरलाई राख्न छुटै टहरा बनाएर प्रयोगमा ल्याईने जनाए । उनले भने, “हाल एउटामात्रै टहरा निर्माण भएकोले फोहर जलाउने मेशीनबाट मात्रै प्रशोधनको शुरुवात गरेका हौ,क्रमश.ंअन्य टहरा निर्माण गर्दै अरु थप मेशीन पनि जडानगरी सञ्चालनमा ल्याईने छ” ।
फोहरबाट प्रशोधन गरेर बनाईएको मललाई सबैभन्दा पहिले बर्दिवासका किसानको खेतबारीमा उपयोगगर्न दिईने छ, भन्दै उनले बर्दिवासका किसानले उपयोग गरेर बढी भएको मल मात्रै बाहिरका किसानले उपयोग गर्न पाउने ब्यवस्था मिलाईने समेत प्रस्ट पारे । मेयर क्षेत्रीले हिटाहेभि मेशिनरी एन्ड रिसाईकल सेन्टरसंग भएको सम्झौतालाई पुनराबलोकन गरेर केही बँुदालाई संशोधन गर्नुपर्ने भएकोले बर्दिवासको फोहरलाई ब्यवस्थित गर्दै हरीत बर्दिवास बनाउन सबैको सहकार्यको आवश्यकता समेत औल्याए । फोहर रिसाईकलका लागि बर्दिवास नगरपालिकाले कुल २० लाख तथा रिसाईकल सेन्टरले ५ करोड लागनी गर्ने लक्ष्य रहेपनि हाल एक करोड पर्ने रिसिनेटरी मेशीन मात्रै सञ्चालनमा आएको हो ।
यो मेशीनले फोहरलाई जलाएर खरानी बनाउने काम गर्दछ । जुन खरानी मलका रुपमा खेतबारीमा उत्पादन बढाउन उपयुक्त हुँने बताईएको छ । जापनिज प्रबिधिबाट बनेको यो मेशीन चलाउदा धुवाँ नआउने भएकाले बातावरण मैत्री रहेको हिटाहेभि मेशिनरी एन्ड रिसाईकल सेन्टरका प्रबन्ध निर्देशक सुरेन्द्र साहले जानकारी दिए । मधेश प्रदेशमै पहिलो पटक बर्दिवास नगरपालिकाले सञ्चालनमा ल्याएको फोहरमैला ब्यवस्थापनको योजना वडा नम्बर ६ स्थित मोडेल एगा्रे भिलेजको हाता भित्र शुक्रवारदेखी सञ्चालनमा आएको हो ।
फोहरलाई उपयोग गर्ने मेशीन सञ्चालनमा आएपछी नगरपालिकालाई रिसाईकल सेन्टरले कुल नाफाको १० प्रतिशतको दरले रोयल्टी तिर्नु पर्नेछ । नगरपालिकाले कुहिने फोहरलाई मल र नकुहिने फोहरलाई प्रशोधनगरी पुनः प्रयोगमा ल्याउने मेशीन जडान गरेर सञ्चालनमा ल्याउन भने बाँकीनै रहेको छ । यसमा (सेक्रिकेटर मेशीन) कुहिने न कुहिने फोहर छुटयाउने मेशीन(ईन्सिनरेटर मेशीन) काम लाग्ने नलाग्ने फोहर छुटयाउने मेशीन(ग्लास क्रसर मेशीन) सिशा जन्य प्रशोधन मेशिन जडा्नगरी प्लाष्टिक जन्य फोहरलाई प्रशोधन गरेर मल्टिलियर प्याकेज अन्तर्गत पुनः प्रयोगका लागि योग्य बनाई प्लास्टिकको झोला उत्पादन गर्न सकिने जस्ता मेशीहरु समेत टहरा निर्माण पछी सन्चालनमा ल्याईने साहको भनाई छ ।
उनका अनुसार बर्दिवासको कुहिने फोहरलाई जैबिक मलको रुपमा प्रयोगमा ल्याईने छ । सिशाजन्य पदार्थलाई टुक्रा पारेर काम नलाग्ने फोहरलाई जलाई खरानी बनाएर घर बनाउन प्रयोग गरीने ईटा तथा ब्लक बनाउने काम गरीने छ । मोडेल एगो्र भिलेज भित्रको ३ बिघा क्षेत्रफलमा सञ्चालनमा आएको यो योजनाको सम्झौता २०७८/७९ मा भएको थियो । हाल सञ्चालनमा आएको मेशीलको क्षमता ८० क्विन्टल प्रतिघन्टा रहेकोे छ ।
फोहर प्रशोधनका सम्झौता अनुसारको मेशीन सञ्चालन गर्न बर्दिवास नगरपालिकाबाट निस्किने फोहर मात्रै पर्याप्त नहुने भएकाले आसपासका पालिकाको फोहर समेत प्रयोगमा ल्याईने नगरपालिकाले जनाएको छ । हाल बर्दिवासको बजार क्षेत्रबाट दैनिक ५ देखी ६ टन फोहर संकलन हुँदै आएकोमा सम्पुणर् नगरको फोहर संकलन गर्नसके २२ टन भन्दाबढी संकलन हुने बताईएको छ ।
करीब ६० जनालाई रोजगार दिने लक्ष्य राखेर हाल सञ्चालनमा आएको यो आयोजनाको सम्झौता अबधि २० बर्षको रहेको बर्दिवास नगरपालिकाका नगर प्रबक्ता बिजय कुमार महतोले जानकारी दिए ।