काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा जनकपुर बोल्ट्सविरुद्ध सुदूरपश्चिम रोयल्सले पहिलो विकेट गुमाएको छ ।
सुदूरपश्चिमका ओपनर सैफ जैब ६९ रनमा आउट भएका हुन् । उनलाई जनकपुरका किशोर महतोले आउट गरे ।
कीर्तिपुरस्थित त्रिवि अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर सुदूरपश्चिमले पहिले ब्याटिङ रोजेको हो ।