काठमाडौं - नेपाल प्रिमियर लिग एनपीएलको फाइनलमा सुदूरपश्चिम रोयल्सविरुद्ध जनकपुर बोल्ट्सका ओपनर लाहिरु मिलान्थाले अर्धशतक प्रहार गरेका छन् ।
मिलान्थाले ३१ बलमा अर्धशतक पूरा गरेका हुन् । सो क्रममा उनले ६ चौका र २ छक्का प्रहार गरे ।
कीर्तिपुरस्थित त्रिवि अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर सुदूरपश्चिमले दिएको १८५ रनको लक्ष्यमा जनकपुरले जवाफी ब्याटिङ गरिरहेको छ ।