
काठमाडौं - नेपाल प्रिमियर लिग एनपीएलको फाइनलमा सुदूरपश्चिम रोयल्सविरुद्ध जनकपुर बोल्ट्सले विस्फोटक ब्याटिङ गरेको छ ।
जनकपुरले १० ओभरमा समाप्तीमा १ विकेटको क्षतिमा १०५ रन बनाएको छ ।
६.६ ओभरमा कप्तान आसिफ शेख ३३ रनमा आउट भए । उनलाई सैफ जैबले आउट गरे । मोहम्मद मोहसिन ९ रन बनाएर आउट भए ।
कीर्तिपुरस्थित त्रिवि अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर सुदूरपश्चिमले दिएको १८५ रनको लक्ष्यमा जनकपुरले जवाफी ब्याटिङ गरिरहेको छ ।