धनुषा। दलित तथा सिमान्तकृत समुदायको हक अधिकारको प्रयोग र पालिकामा सुशासन कायम गर्न तथा समतामुलक समाज निर्माणका लागि आज गणेशमान चारनाथ नगरपालिका–३, भरतपुर स्कुलको प्राङ्गणमा योजना छनौट प्रक्रियामा सिमान्कृत समुदायको पहुँच विषयमा पाइनल डिस्कसन कार्यक्रम सम्पन्न भएको छ।
यो कार्यक्रम साझा सबाल जस्तो प्रश्नहरु तयार गरि बिषय बिग्य हरु द्वारा संचलन गरिने अनुसार बिषय बिग्यको रुपमा राष्ट्रिय मानव अधिकार आयोग, मधेश प्रदेश जनकपुर कार्यालयका प्रमुख बुद्ध नारायण साहनीले सिमान्कृत समुदायलाई योजना छनौट प्रक्रियामा सहभागी गराउन कानूनी र व्यावहारिक पक्षका महत्वपूर्ण पाटाहरूमा प्रकाश पार्दै प्रस्तुति गर्नु भयो | योजना छनौटको ७ चरणको बारेमा प्रकाश पार्नु भयो | बजेटको अनुमान, सिमा निर्धारण, टोल बस्ति बाट योजना छनौट, वडा कमिटि बाट पारित गर्ने, योजना तर्जुमा समिति बाट अनुमोदन गरि कार्या पालिका बाट सिफारिश भई नगर सभा अनुमोदन तथा पास भए पछी कार्यनबयन कसरी भयो भएँन र सिमान्तकृत समुदायको पहुच सुनिश्चित हुने सम्म को चरण नै योजना छनौटको प्रक्रिया रहेको आयोग, मधेश प्रदेश जनकपुर कार्यालयका प्रमुख बुद्ध नारायण साहनीले बताउनु भयो |
मेयर जितनारायण यादवले भन्नु भयो- कर्मचारीहरूसँग हामी जनप्रतिनिधिहरू तंग भइसकेका छौं। ६ महिना कर्मचारीले काम गर्न दिएँन | जनताको सबै काम ठप्प भयो | अब फेरी काम तिब्रता दिदै छु | युवाहरू हाम्रो अफिसमा आउनुस्। युवाहरू लागि कार्यक्रम सञ्चालन गर्न दिन्छौँ। हामीबाट जे सहयोग हुन्छ हामी सहयोग गर्छौं। दलित तथा समानकृत समुदायको विकास तथा प्रबन्धन गर्नको लागि हाम्रो नगरपालिकामा कुनै नीति नियम छैन। हामी आगामी दिनमा यो नीति नियमहरू ल्याउनेछौँ। गणेशमान चारनाथ नगरपालिका पूर्व ऋणहरू अहिलेसम्म तिर्दै आइरहेका छौं। अहिलेसम्म केही ऋण बाँकी नै छ। दलित र सिमान्तकृत समुदायको मानिस योजना छनौट प्रक्रियामा भाग लिदैं लिए पनि योजना राख्दैन | यहाँ माग भएको योजना, खाने पानी, सामुदायिक भवन आगामी योजना राख्ने प्रतिबध्ता ब्यक्त गर्नु भयो |
उपमेयर तुलसा पाण्डेले भनिन- योजना छनौट प्रक्रियामा हामीहरू सिमान्कृत समुदायहरूलाई समेटेर नै योजना छनौट गर्छौं। हामीहरू सिमान्कृत समुदाय बाट पनि उपभोक्ता समितिहरूमा लिने गरेका छौं। हाम्रो मेयर साहबले कुनै योजना कुनै काममा हस्ताक्षेप गर्नुहुन्न। जहाँसम्म भएपनि हामीहरूलाई सहयोग नै गर्छन्।
वडा अध्यक्ष उद्गारी यादवले भन्नु भयो- हाम्रो वार्डमा योजना छनोटको प्रक्रियामा पुरै पारदर्शिता हुन्छ। हामी सबै समुदायलाई जानकारी गराएर नै योजनाहरू बनाउँछौं। हाम्रो वार्डमा सबै प्रक्रिया पूरा गरेर योजना छनौट हुन्छ।
दलित महिला वडा सदस्य जिब्छी देवी दासले भनिन- योजना छनौटमा हाम्रो पनि सहभागिता हुन्छ। हामी दलित समुदायको लागि योजनाहरू बनाउँछौं।
नेकपा माओवादी पार्टिको नेता महेशलाल यादवले भन्नु भयो – योजना छनौट प्रक्रिया नामको लागि खोज्दछ तर काम हुदैन | सिमान्तकृत समुदाय लागि खासै काम भएको छैन |
दलित अगुवा जोगिन्द्र महरा र कैलासिया देवी महराले मेयर संग केहि प्रश्न गर्नु भयो | दलितको बाल बालिका बिधालय दस्तुर लिने गरेको छ | बिधालय बाट पाउने ड्रेस समय पाएको छैन | दलित समुदायमा खाने पानी र सामुदायिक भवन जरुरि भएकोले माग गर्नु भयो |
द एसिया फाउनडेशनको मुख्य कार्यान्बयन संस्था रहेकोमा युएस आइडी नागरिक समाज मिडिया कार्यक्रम अन्तर्गत सामाजिक परिबर्तनको लागि युवा परियोजनाले धनुषाको चार पालिका मा युवा संजाल गठन गरि युवा, महिला र सिमान्तकृत समुदायको लागि कार्य गरि रहेको छ ।
सेफ नेपालका संयोजक तथा मानव अधिकारकर्मी बिनोद महराले संस्थागत परिचय, कार्यक्रम उदेश्य, आचारसहिताको बारेमा प्रकाश गर्नुभएको थियो। युवासञ्जालका अध्यक्ष जित कुमार यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सञ्चारकर्मी प्रमोद शर्माले गर्नुभएको थियो।
युवासञ्जालका उपाध्यक्ष पविता यादव, सचिब संजु महतो, कोषाध्यक्ष रबिन्द्र यादव, सदस्यहरु बबिता दनुवार, शर्मिला अधिकारी, सिता अधिकारी, बिश्व् जित यादव, सगर महतो लगायत को उपस्थिति रहेको उक्त कार्यक्रममा योजना छनौट प्रक्रियामा सिमान्कृत समुदायको पहुँच अभिवृद्धि गर्ने उपाय, चुनौती, र सम्भावनाहरूमा गहन छलफल गरिएको थियो।