धनुषा - मिथिला नगरपालिका ३ मा एक महिलाको हत्या गरि गाडिएको अवस्थामा बुधवार राती शव फेला परेको छ।इलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार मिथिला नगरपालिका वडा न.३ हरिहरपुर मुसहरीटोलमा दशैया मुखिया बिनको ४८ वर्षीया श्रीमति रेशमी देबि मुखिया बिनको हत्या भएको अवस्थामा शव फेला परेको हो ।
उनको शव आफ्नै घरको शौचालयको पछाडि गाडिएको अवस्थामा फेला परेको हो।मंगलवार देखि हराइ रहेकी रेशमी देवीलाई खोज तलास गर्ने क्रममा शव फेला परेको स्थानीयले बताएका छन् ।
घटना स्थलमा प्रहरी पुगी प्रकृति मुचुल्का उठाइ शवलाई पोष्ट मार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको इप्रका महेन्द्रनगरले जनाएको छ।
रेशमीलाई उनकै श्रीमान दशैया मुखियाले हत्या गरेर गाडेको आशंका गरिएको पछि अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको छ।घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।