महोत्तरी- नेपाली काँग्रेसका बरिष्ठ नेता डा. शेखर कोइरालाले अहिले गठबन्धनको सरकारले अपेक्षा अनुसार काम गर्न नसकेको बताएका छन् ।
शनिबार महोत्तरीको एकडारा गाउँपालिका वडा नं. ३ भटौलियमा निर्वाचन क्षेत्र नं. ३ को क्षेत्रिय सम्मेलनको समुदघाटन कार्यक्रममा बोल्दै नेता कोईरालाले भने, ‘हरेक २/२ महिनामा सरकार परिवर्तन हुने र राजनीतिक स्थायित्व नहुने भएपछि एमालेसँग मिलेर सरकार गठन गर्नुपर्ने बाध्यता आइपरेको हो, तर, यस सरकारले पनि जनताको अपेक्षाअनुसार काम गर्न सकेको छैन ।’

नेता कोइरालले भने , ‘भष्टाचार बढेको बढ्यैछ , शिक्षामा विकास हुन सकेको छैन , यस सँगसँगै चुरे संरक्षण लगायतको समस्या समाधान हुन सकेको छैन ।‘जनताको अपेक्षामा उत्रन नसक्नुको यि उदाहरण प्रयाप्त हो ।’
नेता कोइरालाले मधेसमा बेरोजगारी व्याप्त रहेको र यहाँका किसान मल, सिँचाइ तथा बजारको समस्याले प्रताडित भएको बताए। ‘मधेस अप्ठ्यारोमा रहेको हामीले बुझेका छौं,’ उनले भने, ‘काठमाडौंमा बसेर मधेसका समस्या समाधान गर्न सकिँदैन ।’



नेता कोइरालाले पार्टीको १५ औं अधिवेशन समय मै गराउने विषयमा छलफल गरेर नेतृत्व पंक्ति संग आग्रह गर्ने समेत बताए ।‘पार्टीको १५ औं महाधिवेशन समयमा गर्न हामीले भनेका छौं तर पार्टीका पदाधिकारीहरू सुस्त जस्तो देखिन्छन्,’ नेता कोइरालाले भने, ‘निर्वाचनको मुखमा आएर अधिवेशन गर्न सुरु गर्यौं भने हामीहरू फेरि कमजोर हुन सक्छौ ।’

कोइरालाले कांग्रेस र एमालेले अगामी निर्वाचनमा एकअर्कासँग प्रतिस्पर्धा गर्ने पनि बताए । कांग्रेसको लक्ष्य आगामी निर्वाचनमा एक्लै लडेर तीनै तहमा जितेर देखाउनुपर्ने आवश्यकता रहेको पनि कोइरालाले बताए ।

कार्यक्रममा नेका नेतृ किरण यादव, मधेस प्रदेशका पूर्व स्वास्थ्य मन्त्रि विरेन्द्र प्रसाद सिंह , महोत्तरी निर्वाचन क्षेत्र नं. ३ का नेता रामचन्द्र तिवारी , नेता बजरंग नेपाली लगायत नेकाको भातृसंगठनका प्रमुख प्र,तिनिधि तथा अन्य जिल्लाबाट आएको केन्द्रिय सदस्य नगरप्रमुख उपप्रमुखहरु सहभागि थिए ।




