
महोत्तरी- औरही नगरपालिका १ र २ वड़ा को मुसहर लगायतको अति विपन्न दलित परिवारलाई नेपाली सेनाको गोरखनाथ गणले दोस्रो चरणमा ३२० थान कम्बल वितरण गरेको छ । आज बिहानै देखी बाक्लो हुस्सूसँगै शीतलहर चलेपछि गणले मटिहानी पछि औरही नगरपालिकालाई प्राथमिकतामा राख्दै आबश्यक भएका विपन्न मुसहर लगायतका परिवारलाई कम्बल बाडेको हो ।
औरही नगरपालिका का नगर प्रमुख प्रदीप खड़का, उप प्रमुख रेणु झा,प्रमुख जिल्ला अधिकारी लालबाबु कवाड़ी, गोरखनाथ गणका गणपति प्रमुख सेनानी बिनोद विकाश पाठक,शसस्त्र प्रहरी बल नेपाल नं ९ गण का गणपति एसपी बिनोद केसी,राष्ट्रीय अनुसन्धान जिल्ला कार्यालय महोत्तरी का उप अनुसंधान निर्देशक सुदीप अधिकारी,वड़ा नं १ र २ का वड़ा अध्यक्ष योगी चौधरी र दरेश यादव र इलाका प्रहरी कार्यालय गौशालाका इंचार्ज उत्तम भण्डारी लगायतको उपस्थितिमा कम्बल वितरण गरिएको हो ।
आफ्नो पालिका का मुसहर लगायतको विपन्न दलित परिवारलाई सेनाले दिएको कम्बल ले राहत पुगेको भन्दै नगर प्रमुख खड़का ले धन्यवाद व्यक्त गरेका छन्।
उनले पालिका ले समेत अन्य छुटेका दलित तथा एकल परिवारलाई राहत दिन तयारी थालेको बताए ।










