बिशाल बस्नेत
महोत्तरीको बर्दिवास केन्द्रित सहकारीहरु समस्याग्रस्त अवस्थामा देखिएका छन ।
सहकारीहरुले नै सार्वजनिक गरेको स्वतन्त्र सार्वजनिक लेखा परिक्षणका रिपोर्टहरुले यसलाई पुष्टि गरेका छन ।
बर्दिवास सहकारी संस्थाले नोक्सान सार्वजनिक गरेसगैँ शुक्रबार एकीकृत वचत तथा ऋण सहकारी संस्थाले पनि यस्तै प्रतिवेदन सार्वजनिक गर्यो ।
संस्थाको छैठो साधारणसभाको अवसरमा सार्वजनिक गरिएको लेखा प्रतिवेदनमा आर्थिक बर्ष २०८१/८२ मा ३ करोड ८० लाख ९४ हजार ८ सय ५ नोक्सान भएको उल्लेख गरिएको छ ।
प्रतिवेदनमा कर्जा जोखिम व्यवस्था गर्नुपुर्व संस्था ३६ लाख ५७ हजार ४ सय २८ रुपैयाँ नाफामा रहेतापनी कर्जा लगानी गरिएको रकममा नियअनुसार जोखिम व्यवस्था गर्दा उक्त रकम नोक्सानमा रहेको उल्लेख गरिएको छ ।
लगानीमा रहेका कर्जा मध्ये ६ करोड ६९ लाख २७ हजार २ सय ६७ रुपैयाँ भाखा नाघेको कारणले जोखिम खर्च बढन गएर नोक्सानमा गएको लेखा परिक्षणको प्रतिवेदनले पुष्टि गरेको छ ।
असार-३२ गतेको सहकारी प्राधिकरणको निर्देशनअनुसार ऋण जोखिम कोषमा पर्याप्त रकम व्यवस्थापन गर्नु परेको कारण संस्था घाटामा गएको देखिएको कतिपयको बिश्लेशन छ ।
तर एकीकृत बचत ऋण सहकारी संस्थाका कोषाध्यक्ष डिग बहादुर श्रेष्ठले सार्वजनिक गरेको आर्थिक बर्ष २०८१/८२ को बार्षिक प्रतिवेदनमा भने ४० लाख ३६ हजार नाफा सार्वजनिक गरेका छन ।
कोषाध्यक्ष श्रेष्ठका अनुसार आम्दानी १ करोड ९४ लाख १५ हजार ६ सय ६२ मध्ये १ करोड ५४ लाख १२ हजार २४ रुपैयाँ खर्च भएसगैँ उक्त रकम पुर्ण नाफा भएको हो ।
यो रकम पनि ऋण जोखिम व्यवस्थापन गर्नुपुर्वको भएको संस्थाका अध्यक्ष उत्तम कुमार श्रेष्ठले जानकारी दिए । अहिले भने लेखा परिक्षणमा उल्लेख भएजस्तै अवस्था रहेको अध्यक्ष श्रेष्ठको भनाई छ ।
सहकारी विभाग प्रमुख महेश भट्टले संस्था घाटामा रहेपनि सदस्यहरुलाई गुनासो नआउने गरि गरिएको कामको प्रशंसा गरे ।
२०७७ सालमा स्थापना भएको संस्थामा अहिलेसम्म ३ हजार १ सय ९६ जना सदस्यहरु पुगेका छन । छोटो समयमा नै सदस्यहरुको बिस्वास जित्न सफल भएको भन्दै सहभागी अथितिहरुले प्रशंसा गरे ।
संस्थामा १ करोड ८० लाख ७४ हजार ४ सय सेयर रकम नै जम्मा भएको र कुल बचत नै १२ करोड ४१ लाख ५२ हजार १ सय ३३ रुपैयाँ रहेको संस्थाले जनाएको छ ।
नगरमा केही सहकारीहरुले घाटाको बाबजुत पनि सदस्य र गुनासो नआउने गरि काम गरेपनि कतिपय सहकारीहरू निक्कै दयनीय अवस्थामा पुगेका छन् । समाज बचत तथा ऋण सहकारी संस्थाको अवस्था नाजुक अवस्थामा पुगेको कतिपय सहकारी संचालकहरु बन्द गरेको समेत देखिएको छ ।
सहकारी तथा गरिबी निवारण मन्त्री जनार्दन सिंहले समस्याग्रस्त वनाउनेमा पहुँचवालाहरुको नै भएको वताउछन । सहकारी ठगी प्रकरणमा मुछिएका रवि लामिछानेप्रती लक्षित गर्दै मन्त्री सिंहले ठगीलाई प्रतिसोध ठान्नेहरुको कारण पनि समस्या सिर्जना भएको उन्को भनाई छ।




