अजय कुमार सिंह
जनकपुरधाम का। संघीय सहरी विकास तथा भवन निर्माण कार्यालय धनुषा द्वारा नव निर्मित भवनको बुधवार एक समारोह विच उदघाटन गरिएको छ।
नेपाल सरकारका सम्मानीय उपप्रधान तथा सहरी विकास मन्त्री एवं कार्यक्रममा प्रमुख अतिथि प्रकाशमान सिंहले आज एक समारोह विच उदघाटन गर्नु भएको हो ।
नेपालमा विकास निर्माणका क्षेत्रमा शिलान्यास गर्दै जाने र काम समयमा सम्मन्न नहुने भएपछि राज्यको आर्थिक भार बढदै जाने भएका ले यस्ता कार्य नगर्न समेत आग्रह गनु हुर्दै स्थानीय संग समन्वयन गर्दै अगाडी बढदै जानु पर्नेमा जोड दिनु भएको थियो । निर्माण व्यसायीले समयमै काम पुरा गरेकाले सम्मान गर्दा निर्माण व्यवसायीको काम गर्ने हौसल्ला बढने विचार राख्नु भएको थियो ।
कार्यक्रममा संघीय सहरी विकास तथा भवन निर्माण कार्यालय धनुषाका प्रमुख विनोद कुमार यादवले जनकपुरधाम धार्मिक नगरी रहेको र मिथिलाको सांस्कृतिक तथा पौराणिक दृष्टिकोणले विवाह ंपंचमी ,माध्यमिकी अन्तगृह परिक्रमा लगायतका बिषयलाई समेटिएर यसको निर्माण गरिएको बताउनु भयो । कार्यक्रमा अध्यक्षता गर्नु भएका जनकपुरधाम उपमहानगर पालिकाका मेयर मनोज कुमार साहले २८ करोडका लागतमा निर्माण हुने योजनाका बारेमा प्रमुख अतिथि प्रकाशमान सिंहसंग आग्रह गर्नु हुदै कार्यक्रम समापन गर्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथिलाई मायाको चिनो सहित सम्मान समेत गरिएको थियो ।कार्यक्रममा नेपाली काग्रेसका सहमहामन्त्री महेन्द्र यादव राष्ट्रिय सभा सदस्य आनन्द प्रसाद ढुगाना काग्रेस नेतृ किरण यादव ,मुक्ता यादव लगायत विभिन्न नगरपालिका मेयर तथा विशेष अतिथिहरुको उपस्थिती रहेको थियो ।