
जिल्ला अदालत, काठमाडौँ परिसरमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ललित केसी रहेको जिल्ला प्रहरी परिसर, काठमाडौँले जनाएको छ । प्रहरी वृत्त, सिंहदरवारको टोलीले उनलाई पक्राउ गरेको थियो । लगत्तै उनलाई जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको थियो ।
रवि लामिछाने जोडिएको सहकारीका पीडितको पक्षबाट बहस गरेर फर्किँदै गर्दा अदालत परिसरमै त्रिपाठीलाई एउटा समूहले लछारपछार गरेको थियो ।