
माेरङ – संखुवासभाको सभापोखरी गाउँपालिकास्थित बाह्रविसे बजारमा आगलागी हुँदा पाँचवटा घर जलेर नष्ट भएका छन्।
सभापोखरी गाउँपालिका–६ स्थित बजारमा दिउँसो भएको आगलागीमा लाखौं रुपैयाँ बराबरको क्षति भएको वडाध्यक्ष जितेन्द्र वनेम लिम्बूले जानकारी दिए।
स्थानीय कारामबहादुर राईको घरबाट सल्किएको आगलागीमा लालसिंह लिम्बू, रामबहादुर राई, अमृता राई र सुशील तामाङको २ वटा घरसहित ५ घर जलेको अध्यक्ष लिम्बूले बताए।
आगलागीबाट मानवीय क्षति नभएपछि घर पूर्णरुपमा जलेको उनको भनाइ छ। वडाध्यक्ष वनेमले आगलागी बजार क्षेत्रभित्र भएको हुँदा पाँच वटा घर, र त्यहाँ रहेको किराना, कपडाका पसलपनि जलेको बताए। स्थानीय, सुरक्षाकर्मीले करिब एक घण्टा लगाएर आगलागी नियन्त्रणमा लिएको उनले बताए।