
महोत्तरी - निश्चित उद्देश्य प्राप्तीको लागि तथा समाजलाइ फाइदाको लागि विभिन्न कार्यक्रमहरु आयोजना गरिन्छ ।तर महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा शुक्रबार आयोजित एक कार्यक्रममा सहभागीहरु लाई भत्ता र खाना खुवाउन मात्रै आयोजना गरिएको देखिएको छ ।
दलित समाज उत्थान समिति नेपाल र वल्र्ड भिजन ईन्टरनेशनल नामक संस्थाको महोत्तरीमा संचालित कार्यक्रम भत्ता र खानामै सिमिति रहेको पाइएको छ ।दलित समाज उत्थान समिति नेपाल र वल्र्ड भिजन ईन्टरनेशनल नेपालको साझेदारीमा एकडारा र सम्सी गाउँपालिकामा सचालित प्रोटेक्सन कम्युनिटी इन्गेजमेन्ट चाईल्ड स्पोन्सरसिप प्रोगाम अन्तरगत ओसिएमसी महोत्तरीको समन्वयमा बालबालिकाको सबाल न्युनिकरण गर्न सरोकारवालाहरुसँग शुक्रबार आयोजना गरिएको अन्तरक्रिया कार्यक्रम उद्देश्य भन्दा फरक गएर भत्ता र खानामै केन्द्रित गरेर सम्पन्न गरेको पाइएको सहभागिहरुले बताएको छ ।

प्रादेशिक अस्पताल जलेश्वरको डाक्टर प्रभात कुमार गामीले पत्राचार गरि शुक्रबार विहान ९ वजेदेखि दिउँसो ४ वजे सम्मको कार्यक्रम तय गरेपनि विहान ११ः३० मा शुरु भएको कार्यक्रम १२ नब्जदै खाना र भत्ता वितरण गरेर सम्पन्न गरिएको हो ।कार्यक्रममा सहभागि भएका अस्पताल विकास समिति जलेश्वरका अध्यक्ष मिनु झाले दलित समाज उत्थान समिति नेपाल र वल्र्ड भिजन ईन्टरनेशनलको कार्यक्रम उद्देश्य भन्दा पनि विपरित गएर कार्यक्रम आयोजना गरेपछि आफुलाई चित नवुझेर केहि वेरमै कार्यालय फर्केको बताउनु भएको छ ।
आयोजकले गरेको पत्र अनुसार एकडारा र सम्सी पालिकाको बाल कल्याण अधिकारीहरुले बालबालिकाहरुको अवस्था र पालिकाबाट भएको पहल, बालबालिका क्षेत्रमा भएको काम योजनाको प्रस्तुतिकरण गरिने कार्यक्रम रहेको थियो ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय महोत्तरीले बालबालिकाहरु सँग सम्बिधिन्त मुद्दाहरु प्रकृति, घटना र सो को प्रस्तुतिकरण गर्ने र बालबालिकाको क्षेत्रमा वल्र्डभिजन र दलित समाजले गरेको मूख्यमूख्य काम प्रगतिको प्रस्तुति गरिने जस्तो भेग विषय वस्तुमा छलफल नै नगरि भक्ता र खानामै कार्यक्रम सकाएर झारा टार्ने काम भएको सहभागिहरुले बताएको छ ।
आयोेजकको पत्रमा पनि कार्यक्रमको विषय बस्तु भन्दा नोटः लेखेर खाना, नास्ता र यातायातको व्यवस्था दलित समाजले गर्ने छ भनेर उल्लेख गर्नुले पनि कार्यक्रम औपचारिकताकै लागि गर्न खोजिएको प्रस्ट हुन्छ ।